अल्पाईनका लगानीकर्तालाई हकप्रदको थामिनसक्नुको भारी

Dec 19, 2016 merolagani

गत श्रावणमा मात्रै ३:२.०८ अनुपातमा हकप्रद सेयर बिक्री गरेको अल्पाइन डेभलेपमेन्ट बैंक (ALDBL) ले फेरि ३:२.०८ अनुपातमा नै हकप्रद बिक्री गर्ने भएको छ । आइतबार बसेको बैंक सन्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

तीन जिल्ले यो बैंकले आफै ५० करोड पुँजी पूर्याएर तीन जिल्लेमै टिकिरहन हकप्रद माथि हकप्रदको प्रस्ताव अघि सारेको हो । बैंकको आगामी  साधारण सभाले पारित गरेपछि निमायक निकायको अनुमति पश्चात हकप्रद बिक्री खुला गरिनेछ । 

बैंकले गत श्रावण १९ गतेदेखि असार २१ गतेसम्म तीन कित्ता बराबर २.०८ को अनुपातमा ८ लाख २० हजार कित्ता हकप्रद शेयर बिक्री गरेको थियो । जसमा नबिकेको ७४ हजार ८४ कित्ता सेयर बैंकले लिलाम समेत गरिसकेको छ ।

अघिल्लो बर्षको मुनाफाबाट २३ प्रतिशत बोनस र ३:२.०८ अनुपातमा हकप्रद बिक्री गरेर बैंकले २१ करोड ९७ लाख रुपैयाँ चुक्तापूँजी पुर्याएको छ ।

गत श्रावाणमा हकप्रदमा नबिकेको सेयर लीलामीपछि बैंकको पूँजी २२ करोड ७१ लख पुगेको र गतबर्षको १४.५ प्रतिशत बोनस र फेरि हकप्रद बिक्री गर्दा ४४ करोड रुपैयाँ पुँजी पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत लालबहादुर थिङले जानकारी दिए । बैंकले चालु आर्थिक बर्षको बोनस बाट ५० करोड पूँजी पुर्याउने योजना बनाएको छ ।

तीन जिल्ला मात्रै कार्य क्षेत्र भएकाले अल्पाईनले चुक्ता पूँजी २०७४ असारसम्ममा ५० करोड पुर्याए पुुग्छ ।

मकवानपुरमा ६, चितवनमा ४ र काभ्रेमा ४ शाखा संचालन गरिरहेको अल्पाईनले ग्रामिण तहमा लघुवित्त शैलीमा बिना धितो कर्जा प्रबाह गरेर लघुबित्त संस्थाहरुसँग प्रतिस्पर्धामै उत्रिएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।