सम्झौतामा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र पोखरा फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङ्गले हस्ताक्षर गरे ।
सम्झौताअनुसार नेपालक्लियरिङ्ग हाउस लिमिटेडले बैकलाई अन्तरबैंक विद्युतीयभुक्तानी सेवा संचालनको लागि अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली उपलब्ध गराउने छ । यस प्रणाली मार्फत कम्पनीसंग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरु संचालन गर्न सक्नेछन् ।
हालसम्म ६७ बैंक तथा वित्तीय संस्थाहरु प्रत्यक्ष सदस्यकोे रुपमा, ३ रेमिट कम्पनीहरु र १ मर्चेन्ट बैकिङ्ग कम्पनी अप्रत्यक्ष सदस्यको रुपमा आवद्ध छन् । पोखरा फाइनान्स थपिएपछि अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध सदस्य संख्या ७२ पुगेको छ । हाल यो प्रणाली मार्फत दैनिक औसतमा १ अर्ब बरावरको २५ सय कारोबार हुदै आएकोछ ।