जनता बैंकले बढायो हकप्रद भर्ने म्याद, सेतीको भर्ने आज अन्तिम दिन

Dec 20, 2016 Merolagani

जनता बैंक(JBNL)ले निश्काशन गरेको ५० प्रतिशत हकप्रद सेयरमा आबश्यक रुपमा आबेदन नपरेपछि आबेदन गर्ने म्याद पाँच दिन थपेको छ । उता डेढसय प्रतिशत हकप्रद निश्काशन गरेको सेती फाईनान्स(SETI)ले भने हकप्रद भर्ने आबेदन लिन आजै बन्द गर्ने भएको छ । 

 

 जनता बैंकको हकप्रद भर्ने म्याद आजसम्म तोकिएकोमा उल्लेखनीय रुपमा आबेदन नपरेपछि पाँच दिन म्याद बढाएर पुस १० गतेसम्म आबेदन गर्न सकिने गरी सार्वजनिक सूचना जारी गरेको छ ।

तपाईले गत कात्तिक १० गते वा त्यस अघि जनता बैंकको सेयर खरिद गर्नु भएको हो भने मात्र हकप्रद भर्न पाउनु हुन्छ । आवेदन फारम तथा तथा तपाईको हकप्रदको विबरण यसै सामग्रीसँग उपलब्ध छ ।

जनता बैंकको सेयर बिक्री प्रबन्धक एनसीएम मर्चेन्ट बैंकिङ रहेको छ । बैंकका सेयरधनीले
एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेड, कमलपोखरी सहित जनता बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट आवेदन फारम पाउन र बुझाउन सक्नेछन् ।

जनता बैंक नेपालले प्रतिकित्ता एक सय रूपैयाँ अंकित मूल्यको एक करोड तीन लाख कित्ता हकप्रद सेयर सर्वसाधारणमा जारी गरेको थियो ।  गत कार्तिक १० गतेसम्म सेयर किनेका लगानीकर्ताले हकप्रद पुस पाँच गतेसम्म भर्न पाउने गरी बैंकले आवेदन खुला गरेको थियो । बैंकले हकप्रद प्रयोजनका लागि कात्तिक ११ गते सेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो ।

तपाईसँग जनता बैंकको सेयर भएर पनि कति भर्ने अन्यौलता छ भने यो लिंकमा गएर कति हकप्रद भर्न पाइन्छ थाहा पाउन सक्नु हुन्छ । साथै आवेदन फारमले समस्या छ भने यो लिंकमा गएर आवेदन फारम डाउनलोड गरी प्रिन्ट गरेर बुझाउन सक्नु हुन्छ । यहाँबाट डाउनलोड गरेर बुझाएको फारममा संकलन केन्द्रका तर्फबाट सिरियल नम्बर उल्लेख गराउन नभुल्नु होला ।

[हकप्रद भर्न छुट्ला है, हेर्नुहोस् कुन कम्पनीको कहिलेसम्म भर्नुपर्छ ? (आवेदन फारम र विबरण हेर्ने तरिका सहित)]

 चुक्ता पूँजी दुई अर्ब ६ करोड रूपैयाँ रहेको बैंकको पचास प्रतिशत हकप्रद निष्काशन पश्चात चुक्ता पूजीँ तीन अर्ब नौ करोड रूपैयाँ पुग्नेछ । राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन हम्मे हम्मे पर्ने अवस्थामा रहेको जनता त्रिबेणी बिकास बैंकसँग मर्जमा जाने सम्झौता गरेका कारण  दुवै बैंकको सेयर कारोबार रोक्का रहेको छ ।


जनताको हकप्रद तथा त्रिवेणीको बोनस बितरण पश्चात दुबै बैंक मर्ज भएर बन्ने बैंकको चुक्ता पूँजी झण्डै पाँच अर्ब पुग्ने जनाइएको छ । मर्जर पश्चात बैंकको शाखा संख्या ६५, निक्षेप ३५ अर्ब र ३२ अर्बको कर्जा लगानी पुग्ने बैंकले जनाएको छ ।

 सेती फाईनान्सले एनआईबीएल क्यापिटल मार्फत निश्काशन गरेको एक कित्ता बराबर डेढ कित्ता दरको हकप्रदको आबेदन लिने कार्य बैंकिड. समयपछि बन्द हुने सूचना जारी गरेको छ । उसको हकप्रदका लागि एनआईबीएल क्यापिटलको कार्यालय लाजिम्पाट, ईन्भेष्टमेन्ट बैंकका शाखा कार्यालयहरु र सेती फाईनान्सका कार्यालयहरुबाट प्राप्त गरी बुझाउन सकिने छ ।  

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।