एभरेष्टको ७० प्रतिशत र हिमालयन बैंकको ३० प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 20, 2016 merolagani

 एभरेष्ट बैंक (EBL) को ७० प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम दिन हो । बैंकले बोनस पारित गर्नका लागि पुस २३ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । साधारणसभा प्रयोजनका लागि बैंकले पुष ६ गतेदेखि सेयरधनी दर्ता पुस्तिका बन्द गर्देछ । त्यसैगरी हिमालयन बैंकले प्रस्ताव गरेको ३० प्रतिशत बोनस सेयर सुरक्षित गर्ने पनि आजै  अन्तिम दिन हो ।



एभरेष्ट बैंकको ७० प्रतिशत बोनस सुरक्षित गर्ने लगानीकर्ताले पुष ५ गते मंगलबार सम्ममा सेयर खरिद गरेको हुनुपर्छ । साथै बैंकले बोनस शेयर वितरण भएपछि कायम हुने चुक्ता पुँजीमा ३ बराबर १ को अनुपातमा हकप्रद वितरण गर्ने प्रस्ताव समेत गरेको छ ।

प्रस्तावित तीन बराबर एक कित्ता हकप्रद सेयर जारी गर्न साधारण सभाले अनुमति दिएर धितोपत्र बोर्डबाट स्वीकृत भए पछि मात्र अर्को पटक शेयरधनी दर्ता पुस्तिका बन्द हुनेछ । अहिले भएको शेयरधनी दर्ता पुस्तिका बन्दले बोनस बोनस सुरक्षित गर्दै साधारण सभामा भाग लिने आधार मात्र दिन्छ ।

हाल २ अर्ब ७४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको बोनस शेयर वितरणपछि चुक्ता पुँजी ४ अर्ब ६६ करोड रुपैयाँ पुग्ने छ । ३ बराबर एक हकप्रदपछि बैंकको चुक्ता ६ अर्ब २२ करोड रुपैयाँ माथि पुग्नेछ ।

बैंकले साधारण सभामा अन्य कुनै उपयुक्त संस्थासँग मर्ज तथा एक्विजिशनका लागि पनि मार्ग प्रशस्त गर्ने प्रस्ताव पारित गर्दैछ । बैंकले सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन पनि गर्दैछ ।


हिमालयन बैंकको ३० प्रतिशत बोनस सुरक्षित गर्ने पनि आजै

 

हिमालयन बैंकले प्रस्ताव गरेको ३० प्रतिशत बोनस सेयर सुरक्षित गर्ने पनि आजै अन्तिम दिन हो । पौष २२ गते हुने साधारणसभा प्रयोजनका लागि बैकले पुष ६ गतेदेखि सेयरधनी दर्ता पुस्तिका बन्द गर्दे छ । बोनस लिन चाहने लगानीकर्ताले आजसम्म अर्थात पुष ५ गतेसम्म सेयर खरिद गरिसक्नुपर्नेछ ।

बैंक संचालक समितिको बैठकले प्रस्ताव गरेको यो बोनस हालै निश्काशन गरिएको हकप्रद सेयरले भने नपाउने स्पष्ट गरिएको छ । उसले बोनस सेयरको कर प्रयोजनका लागि अलग्गै नगद लाभांश पनि प्रस्ताव गरेको छ ।

बैंकको चार अर्व ९६ करोड चुक्तापुँजी रहेको छ । बोनसपछि पूँजी ६ अर्ब ४४ करोड रुपैयाँ पुग्नेछ । केहि समय अघि मात्र बैकले  १४ प्रतिशत हकप्रद बिक्री गरेको छ । जसबाट ७० करोड रुपैयाँ बराबर पूँजी बढेको छ । 

बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ४३ करोड ८४ लाख खुद नाफा गरेर प्रतिसेयर आम्दानी ३८ रुपैयाँ ९८ पैसा कायम गरेको छ भने प्रतिसेयर नेटवर्थ २१७ रुपैयाँ ३३ पैसा रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।