नेकोले यही पुस २८ गते २१ औं साधारणसभाको मिति तय गर्दै हकप्रद र बोनस पाउन पुस १३ गतेसम्म सेयर किनिसक्नु पर्ने गरी १४ गते सेयरधनी दर्ता किताब बन्द हुने जनाएको हो ।
हाल चुक्ता पूँजी ३२ करोड ४० रहेको ईन्स्योरेन्सले हकप्रद र बोनस जारी गरेपछि चुक्ता पूँजी ७० करोड माथि पुग्ने छ । अघिल्लो बर्ष नै प्रस्ताव गरिएको हकप्रद जारी गर्न ढिलाई हुनुमा ईक्रा रेटिड.मा भएको ढिलाई मुख्य कारण हो ।