एनएमबि बैंक, प्रिमियर इन्स्योरेन्स र गुहेश्वरी मर्चेन्टको कतिमा भयो मूल्य समायोजन ?

Dec 22, 2016 merolagani

नेपाल स्टक एक्सचेञ्ज नेप्समो विहिबार एनएमबि बैंक (NMB) , प्रिमियर इन्स्योरेन्स(PIC)  र गुहेश्वरी मर्चेन्टक फाइनान्स (GMFIL) को सेयरमूल्य समायोजन भएको छ । यी कम्पनीहरुको साधारणसभा प्रयोजनका लागि आजैबाट सेयरधनी दर्ता पुस्तिका बन्द भएको छ ।

एनएमबिले १९ प्रतिशत, प्रिमियर इन्स्योरेनसले २० प्रतिशत र गुह्श्वरी मर्चेन्टले १२ प्रतिशत बोनस प्रस्ताव गरेका छन् । 

१९ प्रतिशत मात्र बोनस सेयर समायोजन पश्चात एनएमबि बैंकको प्रतिकित्ता सेयरमूल्य ५२१ रुपैयाँ कायम गरिएको छ । एनएमबिको आधारमूल्य ४६६ रुपैयाँ रहेको छ ।

त्यस्तै प्रिमियर इन्स्योरेनसले २० प्रतिशत बोनस समायोजनपछि सेयरमूल्य प्रतिकित्तँ १३९४ रुपैयाँ कायम भएको छ । प्रिमियरको आधारमूल्य १११० रुपैयाँ रहेको छ ।

गुहेश्वरी मर्चेन्टको १२ प्रतिशत बोनस समायोजनपछि सेयरमूल्य प्रतिकित्ता २४८ रुपैयाँ कायम गरिएको छ । जसको आधारमूल्य २५९ रुपैयाँ रहेको छ ।

एनएमबि बैंकको पुष २४ गते, प्रिमियर इन्स्योरको पुष १४ गते तथा गुह्श्वरी मर्चेन्टको पुष २२ गते सधारणसभा हुँदैछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।