नेपाल बंगलादेश बैंक पनि ८० प्रतिशत हकप्रदको अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड

Dec 22, 2016 merolagani

नेपाल बंगलादेश बैंक (NBB) ले ८० प्रतिशत अर्थात १० कित्ता बराबर आठ कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति लिन नेपाल धितोपत्र बोर्ड पुगेको छ । गत कार्तिक ८ गते सम्पन्न बाईसौ साधारणसभाबाट ३२ प्रतिशत बोनस पारित गरेको बैंकले बोनसपछि कायम पूँजीको ८० प्रतिशत हकप्रद जारी गर्न लागेको हो ।



राष्ट्र बैंकले तोकेको आठ अर्ब चुक्ता पुँजी पुर्याउन ८० प्रतिशत हकप्रद निष्कासन गर्न लागेको बैंकले धितोपत्र बोर्डबाट अनुमति पाउने वित्तिकै सेयर बिक्री प्रक्रिया अगाडि बढाउने जनाएको छ ।

बैंकले तीन अर्ब २० करोड ९४ लाख ६ हजार नौ सय रूपैयाँको तीन करोड २० लाख ९४ हजार ६९ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।

बैंकको चुक्ता पूँजी हाल ३ अर्ब ३ करोड रहेकोमा ३२ प्रतिशत बोनस बितरण पछि चार अर्ब पुग्ने छ । त्यसको ८० प्रतिशत अर्थात १० बराबर ८ का दरले हकप्रद जारी भए पछि ७ अर्ब २० करोड हाराहारीमा हुनेछ ।

बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड ५० लाख १९ हजार रूपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी २२ रूपैयाँ अनि प्रतिसेयर नेटवर्थ एक सय ५६ रूपैयाँ छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।