नबिल बैंकले गर्यो सुरक्षाकर्मीको सम्मान

Dec 22, 2016 merolagani

नबिल बैंक (NABIL) ले कान्तिपथ शाखाका सुरक्षक यदुनाथ पोखरेल नगद ५० हजार सहित प्रशंसा पत्र प्रदान गरेको छ । बैंक संचालक समितिका अध्यक्ष शम्भु प्रसाद पौड्यालले जि. फोर. एस. सेक्युरिटि सर्भिसेज नेपाल प्रा. लिबाट बैंकको कान्तिपथ शाखामा पोखरेललाई प्रशंसा पत्र प्रदान गरे ।

पोखरेलले १० नोभेम्बर २०१६ मा बैंकको कान्तिपथ शाखाको ए. टि. एम. बुथमा भएको गतिविधिमा शंका लागि तुरुन्त खवर गरेको र उक्त गतिविधिमा संलग्न व्यक्तिहरु उपर निगरानी राखी उनीहरु बसेका होटल पत्ता लगाई संदिग्ध व्यक्तिहरुलाई पक्राउ गर्न बहादुरी पूर्वक सहयोग गर्नुका साथै ए.टी.एम.को सुरक्षामा महत्वपूर्ण योगदान पु¥याएकाले सम्मान गरिएको बैंकले जनाएको छ । 

संचालक समितिका अध्यक्ष पौड्यालले बैंकको यस प्रकारको सम्मानले सुरक्षा कार्यमा संलग्न सम्पूर्ण व्यक्तिहरुलाई आफनो कार्यमा अझ दत्तचित्त भई काम गर्न र कुनैपनि शंकास्पद गतिविधिलाई निगरानी गरी बैंक र ग्राहकको सुरक्षामा अझ बढि सचेत हुन उत्प्रेरित गर्ने बिश्वास व्यक्त गरे । 

सम्मानित पोखरेलले बैंकको यस्तो कदमले अझ थप हौसला प्राप्त भएको र अझ बढि जिम्मेवारी पूर्वक काम गर्ने जिम्मेवारी थपेको बताए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।