किन रोकियो जानकी फाईनान्सको सेयर कारोबार ?

Dec 22, 2016 Merolagani

नेपाल स्टक एक्सचेन्जले  विहिबार आफ्नो वेभसाइटमा सुचना जारी गर्दै जानकी फाईनान्स(JFL)को सेयर कारोबार रोकेको जनाएको छ । फाईनान्सले सेयरधनी किताब बन्द पुस ५ गते नै गरेर नेप्सेलाई ६ गते मात्र जानकारी गराएको थियो ।

कम्पनी ऐनअनुसार सेयरधनी किताब बन्द गर्ने सुचना एक साता अगाडि प्रकाशित गर्नुपर्ने नियम भएपनि फाईनाइन्सले सो नियमको अवज्ञा गरेका कारण कारोबार रोक्का गरिएकाले नेप्सेले जनाएको छ । 

जानकीले पुस २५ मा हुने बिसौ साधारणसभामा १० प्रतिशत बोनस बितरण गर्ने प्रस्ताव लैजादै छ  । सहयोगी बिकास बैंकसँगको मर्जर भांडिएको भन्दै जानकीले अन्यसँग मर्ज र एक्विजिशनको प्रस्ताव लैजाने बारेमा पनि अख्तियारी संचालक समितिलाई दिलाउने निर्णय पनि गर्ने भएको छ । 

जनकपुरमा केन्द्रीय कार्यालय रहेको ३१ करोड चुक्ता पूँजी रहेको जानकी फाइनान्सको फाईनान्सको जगेडा कोषमा २४ करोड ५२ लाख रुपैयाँ रहेको छ । कम्पनीले चालु आर्थिक बर्ष २०७३÷७४ को पहिलो त्रैमासमा १ करोड ७५ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो । कम्पनीले गत आर्थिक बर्ष मा ७ करोड ९४ लाख खुद नाफा कमाएको थियो ।

त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको प्रति शेयर आम्दानी ५.६४ रुपैयाँ रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।