कैलाश विकास बैंकले बोनस र हकप्रदका लागि एकसाथ सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने

Dec 23, 2016 merolagani

कैलाश विकास बैंक (KBBL) ले  २५ प्रतिशत बोनस तथा २० प्रतिशत हकप्रदका लागि एकै समयमा सेयर धनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । बैंकले पुष १४ गतेबाट सेयरधनी दर्ता पुस्तिका बन्द गर्देछ ।



बैंकको बोनस तथा हकप्रद लिन चाहाने लगानीकर्ताले पुष १३ गतेसम्म बैंकको सेयर खरिद गरिसक्नुपर्नेछ । साधारण सभाले पारित गरेपछि बैंकले शेयरधनीलाई प्रस्तावित लाभांश वितरण गर्नेछ ।

बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ४३ करोड ९४ लाख खुद नाफा आर्जन गरेको थियो । एक अर्ब ५८ करोेड चुक्ता पुँजी रहेको बैंकको बोनस वितरणपश्चात  पूँजी एक अर्ब ९७ करोड रुपैयाँ पुग्नेछ ।

साथै बैकले २० प्रतिशत अर्थात पाँच बराबर एक कित्ता हकप्रद शेयर निश्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाईसकेकाले त्यसलाई जारी गर्न पनि सेयरधनी दर्ता किताब बन्द गरेको हो । बैंकले ३१ करोड ६० लाख रुपैयाँ बराबरको ३१ लाख ६० हजार ६७२ कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ ।

बोनस र हकप्रदपछि बैंकको चुक्ता पुँजी २ अर्ब २८ करोड रुपैयाँँ नाघ्नेछ ।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १३ करोड १ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । यसअवधिमा शुन्य दशमलव ९८ प्रतिशत खराब कर्जा देखाएको बैंकको प्रतिशेयर आम्दानी वार्षिक ३२ दशमलव ९६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक १९ दशमलव २४ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ६२ दशमलव ९३ रुपैयाँ र तरलता अनुपात २३ दशमलव ६२ प्रतिशत रहेको छ ।

कैलाश विकास बैंकमा केही समय अघि  मेट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्सप्रेस फाईनान्स गाभिएका थिए ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।