बिग्रे -भत्केका कम्पनी ब्युँताउँदै, नेतृत्व सम्हाल्दै अम्बिका पौडेल

Dec 23, 2016 merolagani

धेरैको चाहना हुन्छ, राम्रा कम्पनीहरुमा नै लगानी गर्ने र ढुक्कले प्रतिफल हात पार्ने । तर सेयर बजार क्षेत्रका स्थापित लगानीकर्ता अम्बिकाप्रसाद पौडेल र उनी सम्बद्ध समूहले भने बिग्रे भत्केका कम्पनीहरु खोजेर त्यसलाई ब्युँताई सुधार्ने अभियान नै चलाएको देखिन्छ । केही समय अघि डुबेको एनबी ईन्स्योरेन्सको बहुमत सेयर किनी त्यसको नेतृत्वमा बसेर कम्पनीलाई राम्रोसँग कारोबार गर्नसक्ने बनाएपछि पौडेल अहिले ब्युँतिदै गरेको अरुण फाईनान्स सरेका छन् ।

समस्याग्रस्त अरुण फाइनान्स (ARUN) मा नयाँ लगानीकर्ताका रुपमा छिरेका अम्बिका प्रसाद पौडेललाई फाइनान्स सञ्चालक समितिले अध्यक्षमा चयन गरेको छ । बिहीबार बसेको सञ्चालक समितिको वैठकले पौडेललाई सञ्चालकमा मनोनित गर्दै अध्यक्ष चुनेको हो।

यसअघि अरुण फाईनान्सको अध्यक्ष रहेका पत्रकार गोकर्ण खतिवडाले हाथवे समूहकै निर्णय अनुसार राजीनामा दिएपछि पौडेल अध्यक्षमा निर्वाचित भएका हुन् । खतिवडाले अरुणको खर्च कटौती र खराब कर्जा असुलीमा महत्वपूर्ण भुमिका खेलेका थिए ।

बीमा समितिले समस्याग्रस्त घोषणा गरेपछि बन्द अवस्थामा रहेको एनबी इन्स्योरेन्सलाई सामान्य अवस्थामा फर्काउन महत्वपूर्ण योगदान पुर्याएका पौडेल एनबी इन्स्योरेन्सको अध्यक्ष छाडेर अर्को समस्याग्रस्त संस्था अरुण फाइनान्स समाल्न पुगेका हुन् ।

राष्ट्र बैंकले अरुण फाइनान्सलाई २०७१ माघमा समस्याग्रस्त घोषणा गर्दे कारोबार सञ्चालनमा रोक लगाएको थियो । ०७२ भाद्रमा  फाइनान्समा हाथवे इन्भेष्टमेन्ट नयाँ लगानीकर्ता को रुपमा छिरेपछि कम्पनी एकबर्षको बीचमा सामान्य अवस्थामा फर्कने स्थितिमा पुगेको हो ।

अरुण फाइनान्स समस्याग्रस्त हुँदा कम्पनीको चुक्ता पुँजी १५ करोड रुपैयाँ रहेको थियो । अहिले नयाँ लगानीकर्ता पसेपछि कम्पनीले कम्पनीको पूँजी ३० करोड पुर्याएको छ । जसमा साधारण लगानीकर्ताको ६ करोड रुपैयाँ भने संकलन गरिएको छैन् ।

समस्याग्रस्त घोषणा हुदाँ कम्पनीले सर्वसाधारणको ११ करोड ६५ लाख रुपैयाँ फिर्ता गर्न बाँकी थियो । नयाँ लगानीकर्ता पसेपछि करिब एकबर्षको अवधिमा ९ करोड ४७ लाख रुपैयाँ निक्षेप फिर्ता भइसकेको छ भने अब २ करोड १७ लाख निक्षेप फिर्ता गर्न बाँकी रहेको कम्पनीका संचालक प्रकाश तिवारीले जानकारी दिए ।

कम्पनीमा सर्वसाधारण लगानीकर्ताको ४० प्रतिशत सेयर स्वामित्व छ। अहिले कम्पनीमा नयाँ समूह प्रवेशसँगै वित्तीय अवस्थामा सुधार आएको छ।

राष्ट्र बैंकले अरुणलाई समस्याग्रस्तबाट हटाउने तयारी समेत गरेको छ । सम्भवत अर्को हप्तासम्म समस्याग्रस्तबाट हट्न सक्छ । त्यसपछि हामी फुल फेजमा अगाडि बढ्छौ -तिवारीले भने ।

केही समस्याग्रस्त र केही राम्रै चलेका कम्पनीहरुसँग मर्जर र एक्विजशनको कुराकानी पनि भईरहेको छ । कुरा मिलेमा मर्जर वा एक्विजशनमा जाने, नभए हकप्रद बिक्रीबाटै राष्ट्र बैंकले तोकेको ८० करोड पूँजी पुर्याउने योजना कम्पनीको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।