कम्पनीको गत कातिक २१ गते बसेको संचालक समितिको बैठकले ७ प्रतिशत बोनस शेयर तथा २० प्रतिशत नगद लाभांसको प्रस्ताब गरेको थियो । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । बोनस शेयर जारी गरेपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ७९ करोड पुग्नेछ ।
साथै अघिल्लै साधारणसभाबाट ४० लाख ८१ हजार कित्ता थप नयाँ सेयर एफपिओ निष्काशनको प्रस्ताव गरेकोे कम्पनीले एफपिओ निष्कासन गर्न धितोपत्र बोर्डले तोकको शर्त तथा मापदण्ड पुरा गर्ने भएको छ ।
साधारणसभाले बोर्डले तोकका शर्त र मापदण्डहरु पुरा गरेर एफपिओ निष्कासनको प्रक्रिया अगाडि बढाउने प्रस्ताव समेत पारित गरेको छ ।
साधारणसभाले एफपिओ जारी गर्ने वित्तीय योजना तथा रणनितिहरु समेत पारित गराएको छ ।एफपिओबाट संकलित रकम कम्पनीले निमार्ण गर्दे गरेका आयोजनामा लगानी गरिने पनि कम्पनीले जनाएको छ । बोर्डले तोकेका शर्तहरु पुरा गर्नेक्रममा कम्पनीको एफपिओ कम्तीमा एक बर्ष अगावै जारी हुने सम्भावना न्यून देखिन्छ ।
प्रत्यक्ष नियमनकारी निकाय नभएका जलविद्युत लगायतका कम्पनीलाई थप नयाँ सेयर निष्कासन तथा हकप्रद जारी गर्न रोक लगाएर धितोपत्र बोर्डले कडा शर्त र मापदण्डहरु तयार पारेपछि कम्पनीको एफपिओको प्रक्रिया रोकिएको थियो ।
लौ आयो प्रत्यक्ष नियमनकारी निकाय नभएका कम्पनीलाई हकप्रद र एफपिओ निष्कासनको कडा मापदण्ड
कम्पनीले ९.४ मेगावाटको आधिखोला जलविद्युत र १२ मेगावाटको झिमरुक जलविद्युत आयोजना निमार्ण गरिरहेको छ । साथै कम्पनीले सहायक कम्पनी मार्फत ६० मेगावाटको खिम्ती तथा ४ मेगावाटको खुदी जलविद्युत आयोजनामा समेत लगानी गरेको छ । यी आयोजनाहरु संचालनमा आईसकेका छन् ।
साथैकम्पनीले ३० मेगवाटको न्यादी जलविद्युत आयोजना, ३७.६ मेगावाटको काबेली ए जलविद्युत आयोजनको निमार्ण अनुमति पाएको छ । यी आयोजनाहरु सन २०१७ को आरम्भबाट निमार्ण थाल्ने कम्पनीको योजना छ ।
त्यस्तै १०० मेगावाटको मनाङमर्स्याङ्दी उत्पादन अनुमति लिने क्रममा रहेको छ भने ८५ मेगावाटको चिनीखोला साना जलविद्युत आयोजना सम्भाब्यता अध्ययन पुरा गरेको छ ।
कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ । पहिलो त्रैमासको वित्तीय विवरण अनुसार बुटवल पावरको प्रतिसेयर आम्दानी १ दशमलव २८ रुपैयाँ रहेको छ भने मुल्य आम्दानीको अनुपात ६ सय २७ दशमलव ८९ गुणा र प्रतिशेयर नेटवर्थ २ सय २६ दशमलव १५ रुपैयाँ रहेको छ ।