प्रभु बैंकको ४० प्रतिशत हकप्रद प्रस्ताव पारित,अझै मर्जर र एक्विजिशनको खोजीमा

Dec 23, 2016 merolagani

प्रभु बैंक (PRVU) को पन्ध्रौ बार्षिक साधारणसभाले ४० प्रतिशत अर्थात दश बराबर चारका दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । आफुले किनेका किष्ट र ग्राण्ड बैंकबाट प्रबाहित कर्जा असुलीमा ढिलाई भएर पूँजी कोष खुम्चिएपछि बैंकले ४० प्रतिशत हकप्रदको प्रस्ताव साधारणसभामा लगेको थियो।



४० प्रतिशत हकप्रदपछि बैंकको पूँजी कोष सुधार हुनुका साथै चुक्ता पूँजी ८ अर्ब २३ करोड रुपैयाँ पुग्नेछ । । हाल प्रभुको चुक्ता पूँजी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ ।

साधारण सभामा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले आगामी दुई बर्षभित्र उत्कृट बैंक बनाउने दाबी गरे। उनले खराब संस्थालाई लिएर उत्कृट बन्ने चुनौतिमा बैंकले सफलता प्राप्त गर्दै गरेको बताए ।

साथै सधारणसभाले अन्य बैंक तथा वित्तिय संस्थालाई एक्विजिसन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ । यसअघि बैंकले संकटग्रस्त अबस्थामा पुगेका किष्ट, ग्राण्ड र नेपाल बिकास बैंकलाई किनेको थियो ।

चालु आर्थिक बर्षको पहिलो त्रैमासिक बित्तीय बिबरण अनुसार प्रभुको पूँजी पर्याप्तता १०.५१ प्रतिशत छ भने निस्क्रिय कर्जा अनुपात ७.५४ प्रतिशत छ । राष्ट्रबैंकले बाणिज्य बैंकको निस्क्रिय कर्जा अनुपात ५ प्रतिशत तल र पूँजी कोष अनुपात ११ प्रतिशत माथि हुनुपर्ने गरी तोकेको छ ।

चालु आर्थिक बर्षको पहिलो त्रैमासिक विवरण अनुसार बैंकले प्रति सेयर आम्दानी १९ रुपैयाँ कायम गरेको छ । बैंकको जगेडा कोषमा ५५ करोड मात्र भएकाले उसले गत बर्षको खुद नाफाबाट केही बाड्न सकेन । बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा २८ करोड रुपैयाँ नाफा कमाएको थियो ।

साधारणसभामा भागलिदैँ साधारण सेयरधनीहरुल बैंकले खराब कर्जा उठाउन केन्द्रित हुनुपर्ने, अन्य बाणिज्य बैंकसँगको प्रतिस्पर्धी क्षमता बढाउनुपर्ने सुझाब दिएका थिए ।

साथै साधारणसभाले चार जना संस्थापक शेयरधनी र दुई जना सर्वसाधारणका तर्फबाट गरेका ६ प्रतिनिधिलाई संचालक समितिमा चयन गरेको छ ।

साविकको ग्रान्ड बैंक र प्रभु बैंक एक आपसमा गाभ्ने गाभिने कार्य सम्पन्न भई गत माघ २९ गतेदेखि प्रभु बैंक लिमिटेडको नामबाट एकीकृत कारोवार भएको थियो । मर्ज हुँदा ग्राण्डको ६५.५८ र प्रभुको १२१.४५ सेयर मिलान अनुपात ( स्वाप रेसियो ) कायम हुने निर्णय भएको थियो ।

प्रभु र ग्राण्डका पीडित लगानीकर्तालाई खुशीको खबर, अर्को सातादेखि सेयर कारोबार खुल्ने

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।