नेपाल एसबिआई बैंकको एफपीओ खुल्यो, कहाँ गर्ने आवेदन ?

Dec 25, 2016 merolagani

नेपाल एसबिआई बैंक (SBI) ले थप नयाँ साधारण सेयर अर्थात एफपीओका लागि आवेदन खुला गरेको छ । बैंकले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ८७१ रुपैयाँ प्रिमियम मूल्य थपेर प्रतिकित्ता ९७१ रुपैयाँका दरले ६७ हजार ७ सय ६७ कित्ता एफपीओको बिक्री खुला गरेको हो ।

 गत विहीबार दोस्रो बजारमा कम्पनीको प्रतिकित्ता १४४० रुपैयाँमा सेयर कारेबार भएको थियो ।
बैंकले जारी गरेको एफपीओमा यहि पुष १० गतेदेखि छिटोमा पुष १३ गते तथा ढिलोमा २४ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।

एफपीओका लागि ईच्छुक लगानीकर्ताले एनएमबि बैंकिङ लिमिटेड, नेपाल एसबिआई मर्चेन्ट बैकिङ लिमिटेड तथा नेपाल एसबिआई बैंकका शाखाहरु मार्फत आवेदन दिन सक्नेछन् ।

 

लगानीकर्ताले न्युनतम दश कित्ता अर्थात नौ हजार सात सय दश रुपैयाँदेखि अधिकतम ६७० कित्ता अर्थात ६ लाख पचास हजार ५७० रुपैयाँसम्मको आवेदन दिन पाउने बैंकले जनाएको छ ।

बैंकले संस्थापक शेयरधनी र साधारण सेयरधनीको स्वामित्व ७०:३० कायमगर्न ६७ हजार ७ सय ६७ कित्ता एफपिओ जारी गरेको हो । एफपिओ जारी गरेपछि बैंकको चुक्तापूँजी ६७ लाख रुपैयाँले बढ्ने छ भने बाँकी ६ करोड बढी प्रिमियम रकमजगेडा कोषमा रहनेछ ।

हल बैकको ३ अर्ब ८८ करोड ३७ लाख रुपैयाँ चुक्तापूँजी छ । गतबर्षको मुनाफाबाट २८ प्रतिशत बोनस बाड्दा बैंकको पूँजी ४ अर्ब ९७ करोड ११ लाख रुपैयाँको हाराहारीमा पुग्नेछ । त्यसपछि ६७ हजार कित्ता एफपिओ जारी गरेपछि बैंकको चुक्तापूँजी ६७ लाख रुपैयाँले बढेर ४ अर्ब ८९ करोड रुपैंया पुग्नेछ ।

 चालु आर्थिक बर्षको पहिलो तीन महिना असोज मसान्तसम्मा बैंकले ३५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यसअवधिमा बैंकको प्रतिशेयर आम्दानी ३६ दशमलव ४८ रुपैयाँ, नेटवर्थ १ सय ८८ रुपैयाँ ७९ रुपैयाँ रहेको छ । 

नेपाल एसबीआई बैंकमा भारतको स्टेट बैंक अफ ईण्डियाको बहुमत सेयर लगानी छ । बैंकले ७३ शाखा ,८६ एटिएम तथा ६७८ जना कर्मचारी मार्फत सेवा प्रदा गर्दै आइरहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।