कञ्चन डेभलपमेण्ट बैंकको २५ प्रतिशत बोनस पारित,पुन: ३० प्रतिशत हकप्रद बिक्री गर्ने

Dec 25, 2016 merolagani

कञ्चन डेभलपमेण्ट बैंक(KADBL) को सातौ बार्षिक साधारणसभाले २५ प्रतिशत बोनस वितरणको प्रस्ताव पारित गरेको छ । बैंकले गत आर्थिक बर्षको कमाइबाट २५ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश वितरणको गर्ने प्रस्ताव गरेको थियो । साथै बैंकले ३० प्रतिशत हकप्रद बिक्रीको प्रस्ताव पनि साधारणसभाबाट अनुमोदन गराएको छ ।


बैंकले यसै आर्थिक बर्षमा आफ्नो चूक्तापूँजि ५० करोड पू–याउने भएको छ । हाल बैंकको चूक्तापूँजि १९ करोड ८० लाख रुपैयाँ रहेको छ । जसमा २५ प्रतिशत बोनसपछि बैंकको पूँजी ४ करोड ९५ लाख रुपैयाँ थपिने छ ।

साथै बैंकले बोनस अगाडिको पूँजी १९ करोड ८० लाख बाट पचास प्रतिशत हकप्रद बिक्री गरिरहेको छ । बैंकले गत पुष १८ गतेदेखि पचास प्रतिशत हकप्रदको बिक्री खुला गरिसकेको छ । बैंकको हकप्रदमा माघ २३ गतेसम्म आवेदन दिन पाइनेछ । बैंकले ९ लाख ९० हजार कित्ता हकप्रद बिक्री गर्देछ । मंसिर २९ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र हकप्रद भर्न पाउनेछन् ।

२५ प्रतिशत बोनस र पचास प्रतिशत हकप्रदपछि बैंकको चुक्ता पूँजी ३४ करोड ६५ लाख पुग्नेछ ।

साथै बैंकले ३४ करोड ६५ लाखको  ३० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि सातौ साधारणसभा बाट पारित गराएको छ । यो हकप्रद बिक्री पछि बैंकको पूँजी ४५ करोड ४ लाख ५० हजार पुग्ने र चालु आर्थिक बर्षको बोनसबाट ५० करोड पुरयाउने योजना बैंकले लिएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।