एनबी इन्स्योरेन्सको अध्यक्षमा हेमराज ढकाल चयन

Dec 26, 2016 merolagani

एनबी इन्स्योरेन्स कम्पनी लि.(NBIL) को संचालक समितिको अध्यक्षमा हेमराज ढकाल चयन भएका छन् । आइतबार बसेको कम्पनीको सञ्चालक समितिले ढकाललाई अध्यक्ष बनाएको हो ।

ढकाल आईएमई ग्रुप अन्तर्गतको विभिन्न संस्थाहरुमा प्रबन्ध संचालक रहेका छन् । त्यसैगरी काठमाण्डौं फन पार्क (चन्द्रागिरी हिल्स) लिमिटेड लगायत विभिन्न संस्थहरुमा संचालक  छन ।
व्यवस्थापनमा स्नातकोत्तर उपाधी हांसिल गरेका ढकाल एक सफल उद्योगी तथा व्यवसायीको परिचय बनाएका छन् ।

 अध्यक्ष अम्बिका प्रसाद पौडेलले एनबी इन्स्योरेन्स अध्यक्ष पदबाट राजिनामा दिएर अरुण फाइनान्स सम्हाल्न पुगेपछि अध्यक्षको पद खालि रहेको थियो ।

कम्पनीको केही हप्ता अगाडि सम्पन्न साधारणसभाले पूँजी वृद्धिका लागि १ बराबर १ कित्ताका दरले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ । यसअघि ८० प्रतिशत हकप्रद बिक्री गरेको थियो ।

एनबी समुहले धरासायी बनाएको ईन्स्योरेन्सलाई आइएमई समूहले किनेर स्वस्थ संस्थाको रुपमा स्थापित गर्ने क्रममा पूँजी वृद्धिलाई पनि प्राथमिकतामा राखेको इन्स्योरेन्सले १५ करोडको पूँजी २७ करोड रुपैंया बनाइसकेको छ ।

व्यवशाय बिस्तार तथा समग्र बीमा बजारको विकासमा सक्रिय हुने लक्ष्य सहित अघि बढेको कम्पनीले शतप्रतिशत हकप्रद जारी गरे पछि चुक्ता पूँजी ५४ करोड रुपैंया पुर्याउनेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।