अल्पाइन डेभलपमेण्ट बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई १४ दशमलव पाँच प्रतिशत बोनस बितरण गर्ने प्रस्ताव पुस २९ गते हुने साधारण सभाबाट पारित गराउँदैछ ।
त्यसै गरी हिमालयन जनरल इन्स्योरेन्सले २० प्रतिशत बोनस तथा एक दशमलव शुन्य पाँच प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव पुस २९ गते हुने साधारण सभाबाट अनुमोदन गराउँदैछ ।
उता नागबेली लघुवित्तले ६० प्रतिशत बोनस तथा २० प्रतिशत नगद लाभांस पुस २९ गते हुने साधारण सभामा लैजाँदैछ भने सगरमाथा इन्स्योरेन्सले २२ प्रतिशत बोनस तथा एक दशमलव १५ प्रतिशत नगद लाभांसको प्रस्ताव पुस २७ गते हुने साधारण सभामा लैजाँदैछ ।
सबै कम्पनीहरुको सेयरमूल्य बुधबार प्रस्तावित बोनसका आधारमा समायोजन हुनेछ । सेयर मूल्य समायोजन भए पछि खरिद गरिएका सेयरले लाभांस तथा बोनस पाउँदैनन् ।