लगानीकर्ताले अब एनएमबि बैंकका शाखा कार्यालयहरु बबरमहल, कलंकी, सितापाईला, ललितपुरको कुमारिपाटी शाखा, सुर्यबिनायक भक्तपुर, र तीनदोबाटो काभ्रेबाट पनि आवेदन दिन सक्नेछन् ।
बैंकले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ८७१ रुपैयाँ प्रिमियम मूल्य थपेर प्रतिकित्ता ९७१ रुपैयाँका दरले ६७ हजार ७ सय ६७ कित्ता एफपीओको बिक्री खुला गरेको हो ।लगानीकर्ताले न्युनतम दश कित्ता अर्थात नौ हजार सात सय दश रुपैयाँ देखि अधिकतम ६७० कित्ता अर्थात ६ लाख पचास हजार ५७० रुपैयाँ सम्मको आवेदन दिन पाउनेछन् ।
बैंकले जारी गरेको एफपीओमा छिटोमा पुस १४ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ । एफपीओका लागि ईच्छुक लगानीकर्ताले एनएमबि बैंकिङ लिमिटेड, नेपाल एसबिआई मर्चेन्ट बैकिङ लिमिटेड तथा नेपाल एसबिआई बैंकका शाखाहरु मार्फत आवेदन दिन सक्नेछन् ।
बैंकले संस्थापक शेयरधनी साधारण सेयरधनीको स्वामित्व ७० ः ३० कायम गर्न एफपिओ जारी गरेको हो । एफपिओ जारी गरेपछि बैंकको चुक्तापूँजी ६७ लाख रुपैयाँले बढ्ने छ भने बाँकी ६ करोड बढी प्रिमियम रकम जगेडा कोषमा रहनेछ ।
नेपाल एसबीआई बैंकमा भारतको स्टेट बैंक अफ ईण्डियाको बहुमत सेयर लगानी छ ।बैंकले ७३ शाखा ,८६ एटिएम तथा ६७८ जनाकर्मचारी मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।