बल्ल गर्यो नेशनल हाईड्रोले चार बर्षको संयुक्त साधारणसभा

Dec 28, 2016 Merolagani

लामो समयदेखि बिबादको घेरामा रहेको नेशनल हाईड्रोपावर(NHPC)ले बिगतमा भएको बदमासीलाई स्पष्ट गरी कम्पनीलाई नयाँ रुपमा अगाडि बढाउने निर्णय गदैृ चार बर्षको संयुक्त साधारणसभा सकेको छ ।
 गत मंसिर २६ गतेका लागि कम्पनीले साधारण सभा बोलाएकोमा कोरम नपुगे पछि स्थगित भएको चार आर्थिक बर्षको साधारणसभा बुधबार एकैपटक सम्पन्न भएको हो ।

नेशनल हाईड्रोले आफ्नो १६, १७, १८ र १९ औं साधारणसभा सम्पन्न गर्दै कम्पनीमा अरु साझेदार भित्र्याउँदै कम्पनीलाई अगाडि बढाउने निर्णय गरेको हो । साधारण सभामा बोल्दै कम्पनीका अध्यक्ष कुमार पाण्डेले चार वर्षको यात्रा कठिन भएको भन्दै विगतका बदमासी सुधार गरेर अब नयाँ शिराबाट कम्पनीलाई अघि बढाउने र  साझेदार भित्र्याउने बताए । उनले आगामी दुई महिना भित्रमा गत आर्थिक वर्षको साधारण सभा समेत गराउन पहल गर्ने भन्दै लगानीकर्तालाई कम्पनीप्रति सकरात्मक सोच राख्न आग्रह गरे ।

साधारणसभाले बक्यौता बर्षहरुको लेखापरीक्षण प्रतिबेदनहरु पारित गर्दै गत आर्थिक बर्षको लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने सामान्य प्रस्ताव पारित गरेको छ । त्यसै गरी बिशेष प्रस्तावमा कम्पनीलाई अन्य जलबिद्युत कम्पनीसँग मर्जमा लैजाने वा अरुलाई मर्ज गरेर ल्याउने, अपलेखन नभएका खर्चहरु अपलेखन गर्ने लगायतलाई पनि सर्वसम्मत पारित गरिएको छ । लेखापरीक्षण प्रतिबेदनहरुले बिगतका बर्षहरुमा कम्पनी ५६ करोडले जगेडा घाटामा गएको देखाएका छन् ।

अपलेखन भएका खर्च तथा विगतका अनियमितताका सम्बन्धमा सेयरधनीहरुले चरम असन्तुष्टि पोख्दै शिघ्र सुधारको माग गरेका छन् । ४५ लाख कित्ता सेयरको प्रोक्सी लिएर निर्मल प्रधानका छोरा निश्चल प्रधानले कम्पनीमा भएका भ्रष्टाचार तत्कालिन सञ्चालकबाट असुल गरी कम्पनीलाई स्वस्थ बनाउनु पर्ने माग गरेका थिए । उनको यो अभिव्यक्ति आउना साथ जीत बहादुर श्रेष्ठ समुहले केहीबेर साधारण सभामा हल्ला गरेको थियो । पछि बहुमत साधारण सेयरधनी प्रधानको पक्षमा उभिएपछि एनबी समुह पछि हटेको थियो ।  
प्रधान बोल्दै गर्दा साधारण सभामा के भयो ? भिडियोमा हेर्नुहोस् ।

नेशनल हाइड्रोको साधारण सभामा एनबी समुह र प्रधान समुहका बिचमा किन घम्साघम्सी ?



 एनबी समुहका तर्फबाट लक्ष्मी बहादुर श्रेष्ठले कम्पनीलाई सबल अनि स्वस्थ बनाउने विषय सकारात्मक भएको भन्दै कम्पनीलाई सुधारात्मक बाटोमा लैजान सबै विकल्पमा जानु पर्ने बताए । उनले कम्पनीलाई झण्डै एक करोड रुपैंया बराबरको सेयर फिर्ता गर्ने घोषणा गर्दै सो सम्बन्धि कागजात साधारण सभामा नै कम्पनीका अध्यक्षलाई हस्तान्तरण गरेका थिए ।

नेशनल हाइड्रोको साधारण सभामा एक करोडको सेयर फिर्ता गर्ने लक्ष्मीबहादुर श्रेष्ठको लिखित प्रतिबद्धता :

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।