डिप्रोक्स लघुवित्तको साढे ५२ प्रतिशत लाभाशं प्रस्ताव

Dec 28, 2016 Merolagani

डिप्रोक्स लघुवित्त (DDBL) ले गत आर्थिक बर्षको कमाईबाट आफ्ना शेयरधनीलाई झण्डै ५३ प्रतिशत लाभाशं दिने भएको छ । बैंकले ३५ प्रतिशत बोनस तथा १७.६३ प्रतिशत नगद लाभाशं दिने प्रस्ताव गरेको हो । बुधबार बसेको लघुवित्त सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभाशं राष्ट्र बैंक र कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीले प्राप्त गर्नेछन् ।

गत असारमा विशेष साधारण सभा गरी एक बराबर एक कित्ता हकप्रद प्रस्ताव गरेको कम्पनी साधारण सभा भएको पाँच महिना पछि मात्र धितोपत्र बोर्डमा स्वीकृति माग गर्दै गएको छ । प्रस्तावित ३५ प्रतिशत बोनस सेयर तथा शतप्रतिशत हकप्रद निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी चुक्ता पूँजी ६० करोड ६१ लाख रुपैंया पुग्नेछ । अहिले लघुवित्तको चुक्ता पूँजी २५ करोड ७९ लाख रुपैंया छ । कम्पनीले अघिल्लो आर्थिक बर्षमा पनि ५० प्रतिशत बोनस बाँडेकोे थियो ।

कृषि विकास बैंक, नेपाल बैंक, विकास आयोजना सेवा केन्द्र, नबिल बैंक, लुम्बिनी फाइनान्स एन्ड लिजिङ कम्पनी र बैंक तथा वित्तीय क्षेत्रका विशेषज्ञको प्रत्यक्ष लगानीमा महिला सशक्तिकरणमा केन्द्रित डिप्रोक्स लघुवित्तले ४७ जिल्लामा ८१ शाखाबाट लघुवित्त सेवा प्रदान गरिरहेको छ । चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा छ करोड ९३ लाख रुपैंया खुद नाफा कमाएर लघुवित्तले प्रति शेयर आम्दानी २६.८९ रुपैयाँ कायम गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।