बैंकले २० प्रतिशत बोनसका साथै कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद लाभांस समेत वितरण गर्ने भएको छ ।
बैंकले अघिल्लो महिना मात्रै एक सय रूपैयाँ अंकित मूल्यको एक अर्ब ९६ करोड ८८ लाख रुपैयाँ बराबरको एक करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । हकप्रद सेयरको बाँडफाँट हुन भने बाकी रहेको छ ।
तीन अर्ब ९३ करोड ७६ लाख रुपैयाँ चुक्तापूँजी रहेको बैंकको पचास प्रतिशत हकप्रदपश्चात पूँजी ५ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ पुग्नेछ । २० प्रतिशत बोनसपछि बैंकको पूँजी सात अर्ब १२ करोड ५१ लाख रुपैयाँ पुग्नेछ ।
बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४२ करोड २३ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको जगेडा कोषमा आठ अर्ब ८० करोड ७७ लाख तीन हजार रुपैयाँ रहेको छ ।
खराब कर्जा ३.८३ प्रतिशत रहेको बैकको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ९१ पैसा र प्रतिसेयर नेटवर्थ तीन सय २१ रुपैयाँ २३ पैसा छ ।
पहिले सेयर किनेर हकप्रद भर्नेलाई भन्दा अहिले सेयर बजार घटेको बेला सेयर किनी बोनस खानेलाई फाईदा हुने देखिएको छ ।