एनआईसी एशिया बैंकको एक करोड २० लाख आठ हजार ८०१ कित्ता बोनस नेप्सेमा बिहीबार नै सुचिकृत भएको छ ।
त्यसै गरी सिटिजन्स बैंकको ७५ लाख छ हजार ७५७ कित्ता बोनस, नेपाल बंगलादेश बैंकको ९७ लाख २५ हजार ४७६ कित्ता बोनस सुचिकरण भएको छ ।
प्रभु इन्स्योरेन्सको ५५ लाख ९४ हजार २२४ कित्ता बोनस, आईसिएफसी फाइनान्सको ११ लाख ६४ हजार ९८५ कित्ता बोनस पनि बिहीबार नै कारोबारका लागि नेप्सेमा सुचिकरण भएको छ ।
अल्पाइन डेभलपमेण्ट बैंकको दुई लाख ७१ हजार चार सय कित्ता बोनस पनि नेप्सेमा सुचिकृत भएका छन् ।
गुहेश्वरी मर्चेण्ट बैंकिंग एण्ड फाइनान्सको १४ लाख ४० हजार ४०७ कित्ता हकप्रद, वोमी माइक्रोफाइनान्सको एक लाख ८० हजार कित्ता हकप्रद तथा अल्पाइन डेभलपमेण्ट बैंकको आठ लाख २० हजार कित्ता हकप्रद पनि बिहीबार नेप्सेमा सुचिकृत भएका छन् ।
युनिक फाइनान्सको तीन लाख ८१ हजार ७७६ कित्ता बोनस सेयर कारोबारका लागि नेप्सेमा सुचिकृत भएको छ ।