नेपाल लाईफलाई ३१ लाख कित्ता एफपीओ निश्काशन गर्न धितोपत्र बोर्डको अनुमति

Dec 29, 2016 merolagani

नेपाल लाईफ ईन्स्योरेन्स(NLIC)लाई ३० लाख ९६ हजार ४ सय २९ कित्ता थप नयाँ साधारण सेयर अर्थात एफपीओ निश्काशन गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले प्रति कित्ता १४२५ रुपैयाँमा एफपीओ निश्काशन गर्न अनुमति दिएको हो ।

नेपाल लाईफले एक सय फेस भ्यालुमा १३२५ रुपैयाँ प्रिमियम थपेर एफपीओ निश्काशनको अनुमति पाएको छ ।

 

कम्पनीको १६ औं बार्षिक साधारण सभाबाट पारित भए बमोजिम संस्थापक र सर्वसाधारण समुहको शेयर स्वामित्व ७०ः३० प्रतिशत कायम गर्न आवश्यक हुने ३० लाख ९६ हजार ४ सय २९ कित्ता थप साधारण शेयर निष्कासन गर्न नेपाल लाईफले बोर्डमा आवेदन गरेको थियो ।

नेपाल लाइफ इन्स्योरेन्सले यसअघि आफुखुशी एफपिओको मूल्य निर्धारण गरेर नेप्से मार्फत मूल्य सार्वजनिक गरेपछि धितोपत्र बोर्डले नेपाल लाइफको एफपिओ निष्कासन प्रक्रिया रोकेर मापदण्ड बनाएको थियो । त्यतिबेला नेपाल लाइफले एक सय रुपैयाँ अंकित शेयरमा २८ सय ५१ रुपैयाँ प्रिमियम थपेर २९ सय ५१ रुपैयाँमा एफपिओ जारी गर्न प्रस्ताव गरेको थियो ।

बोर्डले बनाएको कार्यबिधिमा एफपीओ जारी गर्न आवेदन दिदानै विभिन्न ४ वटा पक्षलाई प्राथमिकता दिनुपर्ने मापदण्ड तोकिएको छ । जसअनुसार पूँजीकृत भएको आम्दानी, प्रति शेयर खुद सम्पतीको मूल्य, १८० दिनको औसत बजार मूल्य, भविश्यमा प्राप्त हुने नगद प्रवाहको बर्तमान मूल्यलाई आधार मानेर एफपीओको मूल्य निर्धारण गर्ने व्यवस्था गरेको छ । बोर्डका अनुसार तोकिएका चार आधारहरुबाट उपलब्ध भएको मुल्यको सामान्य औसत गणना गरी निर्धारण गर्नुपर्ने छ । नेपाल लाईफको एफपीआको मूल्ये यही प्रक्रियाबाट निर्धारण भएको हो । 

नेपाल लाईफको चुक्ता पूँजी हाल दुई अर्ब १६ करोड रहेकोमा एफपीओ जारीपछि दुई अर्ब ४७ करोड नाघ्ने छ । उसले एफपीओ वापत संकलन गर्ने प्रिमियम जगेडा कोषमा जाने छ ।

नेपाल लाइफको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाईफका प्रमुख कार्यकारी बिबेक झाले धितोपत्र बोर्डबाट एफपीओ जारी गर्न अनुमति प्राप्त भएको पत्र आउने बित्तिकै संचालक समिति बैठक बसेर निश्काशनको मिति तय गर्ने जानकारी दिनुभयो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।