यस्तो हुनेछ नेप्सेको अनलाईन सेयर कारोबार प्रणाली

Dec 30, 2016 Merolagani

तिलक कोइराला

लामो समयदेखि अन्योलमा परेको अनलाईन सेयर कारोबार प्रणाली स्थापनालाई उच्च अदालत पाटनको पुस १३ गतेको आदेशले बाटो खोलिदिएपछि अब अनलाईन सेयर कारोबार गर्न कहिले पाईएला भन्ने चासो लगानीकर्तामा बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका सूचना प्रबिधि हेर्ने बरिष्ठ अधिकृत निरन्जन नायकले मेरोलगानी डटकमलाई दिएको जानकारीमा आधारित रहेर यो साग्राी तयार पारिएको छ ।  

मोबाईल र ल्यापटपबाटै सेयर किनबेच

नेप्सेको नयाँ कारोबार प्रणाली स्थापना भएपछि लगानीकर्ताले हरेक दिन सेयर दलालको कार्यालय धाएर सेयर किनबचे गर्नुपर्ने झंझट समाप्त हुनेछ । ईन्टरनेट भएको ठाउँमा लगानीकर्ताले मोबाईल र ल्यापटपको सहायताले सेयर किन्न र बेच्न सक्नेछन् । अहिले सेयर दलालले उपभोग गरिरहेका सम्ुपूर्ण सुबिधा लगानीकर्ताको हातमा हुनेछ । हुम्लाको विकट गाउँ होस् वा सगरमाथाको फेदी जहाँ पुगे पनि ईन्टरनेट उपलब्ध छ भने लगानीकर्ता सेयर कारोबारमा प्रत्यक्ष रुपमा संलग्न हुनसक्नेछन् । उनीहरुले  प्रत्यक्ष रुपमा रियल टाईममा बजारमा कारोबार गर्नसक्ने छन् ।

कसरी हुन्छ कारोबार ?

सेयर बजारमा अनलाईन प्रणाली मार्फत किनबेच गर्न चाहने लगानीकर्ताले सबैभन्दा पहिले सेयर दलालको कार्यालयमा आफ्नो नाम दर्ता गराउनुपर्ने हुन्छ । त्यसपछि निजको बैंक खाता र हितग्राही (सेयर राख्ने) खाता र दलालको कार्यालयमा दर्ता गरिएको बिशेष पहिचान संकेतलाई अन्तरसम्बन्धित बनाईने छ । दलालले लगानीकर्तालाई उसको बैंक खातामा रहेको रकम र मार्जिन कर्जालगायतका कुराहरुको आधारमा कारोबार सिमा तोकी सम्बन्धित लगानीकर्तालाई कारोबारको अधिकार दिनेछ । लगानीकर्ताले आफ्नो प्रयोगकर्ताको पहिचान नम्बर र पासवर्ड प्रयोग गरी नेप्सेको वेभसाईट मार्फत सेयर किन्ने आदेश दिनसक्ने छन् । बैंक खातामा पर्याप्त रकम छैन भने त्यस्तो आदेश पालना गर्न नेप्सेको प्रबिधिले अस्वीकार गरिदिनेछ । बैंकहरुसँगको सम्बन्ध यो कारोबार प्रणालीमा अति महत्वपूर्ण छ ।

लगानीकर्ताले आफ्नो खातामा सेयर किन्न पर्याप्त रकम रहे नरहेको पहिल्यै जाच गर्न पनि सक्नेछन् । सेयर बेच्न पनि सम्बन्धित लगानीकर्ताको हितग्राही खातामा आबश्यक सेयर रहे, नरहेको जाँच गरी बिक्री आदेश दिन सकिने छ । सेयर बेच्दा हितग्राही खाताबाट सेयर घट्ने र बैंक खातामा रकम जम्मा हुने छ ।

अहिले जस्तै जति वटा ब्रोकरको कार्यालयमा खाता खोली चाहे अनुसारको कारोबार गर्न लगानीकर्ता स्वतन्त्र हुनेछन् । अलग अलग ब्रोकर मार्फत कारोबार गर्न अलग अलग लगइन गर्नुपर्नेछ ।

 किनेको एकैदिनमा सेयर सम्बन्धित लगानीकर्ताको खातामा आउने र सोही दिन बेच्न  सकिने प्रणाली बनाउने कि अहिलेको जस्तै तीन दिनको राफसाफलाई कायम राख्ने भन्ने कुरा पनि प्रबिधिमा थपघट गर्न सकिन्छ । किनकै दिन बेच्न सकिने बनाउने हो भने बजार धेरै चलायमान हुनसक्छ ।

अनलाईन सेयर कारोबार प्रणालीमा सहभागी हुन्न, अहिलेकै जस्तो सेयर दलालको कार्यालय धाएर कारोबार गर्छु भन्नेहरुलाई पनि छुट हुने नै छ । अनलाईन वा अहिलेको जस्तो जे गरे पनि आखिर जोडिने सेयर दलालसँगै हो ।
कारोबारको कमिशन दलालकै खातामा जान्छ, जुन दलालले राम्रो गर्न   सक्छ, उसैले धेरै लगानीकर्ता र कारोबार पाउँनसक्छ । त्यसैले राम्रो गर्ने सेयर दलाललाई पनि नयाँ कारोबार प्रणालीले अवसर सिर्जना गर्नेछ ।

नयाँ प्रबिधि कस्तो हो ?

बिश्वमा प्रचलित आधुनिक सेयर कारोबार प्रणालीका सुबिधाहरु नेपाली सेयर लगानीकर्ताहरुलाई उपलब्ध गराउन अनलाईन कारोबार प्रणाली स्थापना गर्न खोजिएको हो ।

 विश्वमा चलेका आधुनिक सेयर कारोबार प्रणाली नै नेप्सेको नयाँ प्रणाली निर्माणमा अबलम्बन गरिने छ । भारतको बम्बई स्टक एक्सचेन्जले हाल प्रयोग गरिरहेको अनलाईन कारोबार प्रणालीकै हाराहारीमा नेप्सेको नयाँ प्रणाली हुनेछ । हाल नेप्सेले प्रयोग गरिरहेको ईन्ट्रा नेटमा आधारित प्रणालीले म्याद नाघेर काम गर्न छाडिसकेको अबस्थामा नेप्सेले ईन्टरनेटमा आधारित नयाँ प्रणालीको बिकास गर्न लागेको हो ।

अहिलेको प्रणालीमा सुचिकृत कम्पनी, सेयर दलाल, सुचकहरु लगायत सबै कुरा एकै ठाउँमा राखिएको छ भने नयाँ प्रणालीमा ती कुराहरु अलग अलग ठाउँमा रहने छन् र गेट वे मार्फत संचालन हुनेछन् । यसमा चाहेको बेला सफ्टवेयर र हार्डबेयर थप्न वा हटाउन सकिने सुबिधा पनि हुने छ, जुन अहिलेको प्रणालीमा असंभव छ । यसो हुँदा नयाँ प्रणालीको एउटा कुनै पाटोमा समस्या देखियो भने पनि अरु पक्ष संचालनमै रहेका हुने छन् ।
नयाँ प्रणाली यसरी बिकास गरिने छ कि चाहेको बेलामा कुनै पनि कुरा हटाउन र नयाँ सुबिधा(फिचर)हरु थप्न सकिने छ । बजारलाई आबश्यकता अनुसार आधुनिकीकरण गर्न र त्यही अनुसारका सुबिधाहरु जुनसुकै बेलामा पनि बिकास गर्न मिल्ने छ ।

नयाँ प्रणालीमा सेयर लगानीकर्ताले कर्जा लिँदा रोक्का गरेको सेयर हेर्ने सुबिधा, बजारको नियमन गर्ने प्रणाली लगायतका नयाँ कुुराहरु पनि हुनेछन् ।

बिदेशी र गैरआवासीय पनि कारोबारमा संलग्न हुनसक्छन् ?

नयाँ प्रणालीको बिकास गर्ने क्रममा क्रस बोर्डर ट्रेडिड र लिष्टिड. जस्ता पक्षहरु समाबेश गर्न नेपालको बिद्यमान कानुनी अफ्ठेरोले बाधा पार्नसक्छ तर कानुनी आधार सुनिश्चित भएको खण्डमाा त्यो पनि नयाँ प्रबिधिमा थपिने छ ।

नयाँ प्रणाली मार्फत बिदेशमा रहेका नेपाली र गैरआसावासीय नेपाली पनि सेयर कारोबारमा संलग्न हुनसक्ने छन् । तर त्यसलाई कसरी ब्यवस्थित गर्ने भन्ने कार्यबिधि भने अति आबश्यक मानिएको छ ।

काम ठेक्का लिने कम्पनीको के हो पृष्ठभुमि ?

वाईको प्राईभेट लिमिटेड नामक नेपाली सफ्टवेयर कम्पनीले नेप्सेको अनलाईन सेयर कारोबार प्रणाली निर्माण गर्ने ठेक्का हात पारेको हो । उसले हालको पुरानो प्रणालीको मर्मत र सुधारको काम पनि गर्दै आएको छ । वाईकोले निर्वाचन आयोग, कम्पनी रजिष्ट्रार, लोकसेवा आयोग, यातायात ब्यवस्था विभागको डाटाबेशमा आधारित अनलाईन प्रणालीको बिकास गरेको हो ।

नेप्सेको अनलाईन कारोबार प्रणाली स्थापना गर्न उसले भारतको ईन्फाईराट कम्प्युटर्स सोलुसन्स प्राईभेट लिमिटेडलाई साझेदार बनाएको छ ।

ठेक्का रकम कति जायज ?

वाईको कम्पनीले सफ्टवेयर र हार्डवेयरसहित १८ करोडमा अनलाईन कारोबार प्रणाली निर्माण गरी संचालनमा ल्याउने जिम्मेबारी पाएको छ । यसमा डाटा सेन्टर, रिकभरि प्रणाली र एक बर्षसम्म निशुल्क मर्मत संभार पनि जोडिएको छ । सफ्टवेयर निर्माणमा ८, ९ करोड लाग्ने भए पनि उसले १८ करोडमा कामको जिम्मा पाउनु पछाडिका तर्कसंगत कारणहरु खोजेर हेर्दा यो प्रबिधि कति महंगो भयो भन्ने कुरा प्रष्ट हुनसक्छ । वाईकोले ठेक्कामा पाउने रकम मूल्य अभिबृद्धिकर भ्याट सहित १८ करोड हो ।  

कति समयमा हुन्छ प्रणाली स्थापना ?

वाईकोले पहिलो तीन महिनामा प्रणाली स्थापनाको आधार पत्र तयार गरी नेप्सेमा पेश गर्ने र १० महिना भित्र सफटबेयर र हार्डवेयर तयार गरिसक्ने सम्झौतापत्रमा उल्लेख छ । जम्मा १४ महिना भित्रमा सम्पूर्ण प्रणाली बिकास गरी अहिलेको प्रणालीलाई बिस्थापन गराएर संचालनमा ल्याउनुपर्नेछ । त्यो अवधि भित्र नयाँ प्रणाली संचालनका लागि सरोकारवालाहरुलाई तालिम समेत दिईसक्नुपर्नेछ ।

यदि वाईकोले नयाँ प्रणाली बिकास गर्न सकेन र बनाईएको प्रणालीले राम्रोसँग काम गरेन भने त्यसको सम्पूर्ण जिम्मेवारी वाईकोकै हुने छ । प्रणालीमा गडबडी देखिएमा वा आपत्कालीन मर्मत गर्नु परेमा नेपालमै रहेका प्राबिधिज्ञ उपलब्ध हुने हुँदा समस्या नआउने आँकलन गरिएको छ ।

धितोपत्र बोर्डले तोकेको मापदण्ड पुग्ला ?

नयाँ प्रणाली बिकासका लागि नेपाल धितोपत्र बोर्डले तोकेको मापदण्ड पुग्छ कि पुग्दैन भन्ने बिबादको बिषय हुनसक्छ । सीएमएमआई लेभल ५ यो सफट्वेयरले पुरा गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न पनि उब्जिनसक्छ । धितोपत्र बोर्डले अन्र्तराष्ट्रिय बजारमा परिक्षण भएको, क्रस बोर्डर टे्रडिड. र लिष्टिड गर्न मिल्ने, गैरआवासीय नेपाली र बिदेशीलाई पूँजी बजारमा भित्र्याउन सहयोग पुग्ने बिस्वसनीय प्रणाली स्थापना गर्न केही महिना अघि नेप्सेलाई निर्देशन दिएको थियो । नयाँ प्रणाली निर्माता र नेप्सेलाई बोर्डको त्यो निर्देशन टाउको माथि झुड्याईएको नाँगो खुकुरी भने सधै भईरहने देखिन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।