सिडिएससीले डिम्याट खातावालाहरुसँग किन माग्यो बैंक खाताको विबरण ?

Dec 30, 2016 Merolagani

पछिल्ला दिनमा नगद लाभांस सिधै बैंक खातामा जम्मा नभएर सास्ती व्यहोरेका लगानीकर्ताले अब भने बैंक खातामा नै लाभांस पाउने भएका छन् । यसका लागि केन्द्रिय निक्षेप प्रणाली सिडिएससीले सबै प्रकृया पुरा गरी कार्यान्वायन गर्न लागिएको जनाएको छ । उसले प्रकृया सुरु गर्नका लागि सबै डिम्याट खातावालाहरुलाई आफ्नो डिपीमा गएर बैंक खाता अद्यावधिक गराउन आग्रह गरेको छ ।

सिडिएससीले यस अघि डिम्याट खाता खोल्दा लगानीकर्ताको बैंक खाताको विबरण राख्ने व्यवस्था गरेको थिएन । धितोपत्र बोर्डले अनिवार्य रुपमा नगद लाभांस तथा सेयर निष्काशनका दौरान सेयर नपरेको पैसा फिर्ता बैंक खातामा गर्ने व्यवस्था मिलाउन सबै पक्षलाई निर्देशन दिएको थियो । सोही अनुसार सिडिएससीले सबै प्राविधक पक्षहरु तयार गरिएको भन्दै लगानीकर्तालाई चैत मसान्तसम्ममा डिम्याट खाताको विबरण अनिवार्य रुपमा अद्यावधिक गराउन भनेको हो ।

मेरोलगानीसँग कुरा गर्दै सिडिएससीका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले भने, ‘हामीले सबै तथ्यांक राखेर लगानीकर्तालाई सहजै लाभांस पाउने व्यवस्था गरेका छौं । लगानीकर्ताले चैत मसान्तसम्ममा आफ्नो डिम्याट खाता अद्यावधिक गरी नयाँ खाता खोल्नेले अनिवार्य रुपमा बै.क खाताको विबरण उपलब्ध गराईदिनु होला । यसका लागि सबै डिपीहरुलाई बै.क खाता अद्यावधिक गर्ने व्यवस्था मिलाइएको छ ।’

गुप्ताका अनुसार यसअघि डिम्याट खाता खोलिसकेकाहरूले पनि अब अनिवार्य रुपमा सीडीएसको प्रणालीमा आफुले डिम्याट खाता खोलेको स्थानमा गएर डिम्याट खातामा बैंक खाता अद्यावधिक गराउनु पर्ने भएको हो । ‘अनलाइन कारोबार प्रणालीको मार्ग खुल्ला भईसकेको सन्दर्भमा पनि डिम्याट खाता र बैंक खातालाई इन्टरलिंक गर्न पनि यासले सधाउ पुर्याउँछ ।’ नयाँ डिम्याट खाता खोल्ने बेलामा पनि अनिवार्य रुपमा बैंक खाताको विबरण राखिदिन उनले लगानीकर्तालाई आग्रह गरेका छन् ।

लगानीकर्ताको डिम्याट खातामा बैक खाताको पनि विबरण भए पछि नगद लाभांस तथा सेयर आवेदन गर्दा सेयर नपरेको पैसा सोही खातामा सिधै रकमान्तर गर्न सरोकारवाला सबैलाई निर्देशन दिने तयारी सिडएससीको छ । अहिले लगानीकर्ताले जहाँबाट डिम्याट खाता खोले पनि त्यसता तथ्यांक सिडिएससीको प्रणालीमा रहन्छ । सोही आधारमा उसले सबै लगानीकर्ताको तथ्यांक रुजरु गरी त्यसको अधिकार सम्बन्धित डिपीहरुलाई पनि दिनेछ । सोही तथ्यांकका आधारमा डिपीहरुले डिम्याट खातामा बोनस तथा बैंक खातामा नगद लाभांस जम्मा गरिदिनु पर्ने हुन्छ ।

अहिले लगानीकर्ताले लाभांसको पूर्जा संकलन नगरेका कारण अर्बौ रुपैंया विभिन्न सुचिकृत कम्पनीहरुको बैंक खातामा जम्मा भएको अवस्था छ भने कम्पनी रजिष्ट्रारको कार्यालयले पाँच वर्षभन्दा पुराना त्यस्ता लाभांसलाई पूँजी बजार सुधारमा खर्च गर्ने प्रकृया यस अघि नै सुरु गरिसकेको छ । अब पनि तपाईले आफ्नो डिम्याट खाताको विबरणमा आफ्नो बैंक खाताको विबरण अद्यावधिक गराउनु भएन भने दुख पाउने तपाईले नै हो । तर सिडिएससीले भने अनुसार गरेको खण्डमा आगामी वर्षहरुबाट तपाई आफ्नो लाभांस खोज्न दिन बिताएर भौतारिनु पर्ने छैन ।

अनलाइन सेयर कारोबार निकट भविष्यमा नै सुरु हुने भएको अवस्थामा पनि अहिलेबाट नै बै.क खाताको विबरण अद्यावधिक गराउँदै जाँदा भोलिका दिनमा आउने समस्याको सामना लगानीकर्ताले गर्नु पर्ने छैन । सिडिएससीले अहिले ६० वटा संस्थाहरुलाई डिपिको लाइसेन्स दिएको छ । तपाईले डिम्याट खाता खेलेको संस्था यसै मध्येको एक हो । सिडिएससीका अनुसार बिहीबारसम्ममा छ लाख ५० हजार दुई सय ६० वटा डिम्याट खाता खोलिएका छन् । ती सबै डिम्याट खातावालाहरुले सम्बन्धित डिपिमा गएर बैंक खाताको विबरण उपलब्ध गराउनु पर्ने हुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।