देवः विकास बैंकको १४ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

Jan 01, 2017 merolagani

देवः विकास बैंक (DBBL) ले १४ प्रतिशत बोनस सेयर तथा ५० प्रतिशत हकप्रद प्रयोजनका लागि सोमबारदेखि सेयरधनी दर्ता पुस्तिका बन्द गर्देछ ।बैंकको बोनस तथा हकप्रद लिन इच्छुक लगानीकर्ताले आइतबारसम्म सेयर खरिद गरिसक्नु पर्नेछ ।



बैंक सञ्चालक समितिको १ सय ९२ औं बैंठकले १४ प्रतिशत बोनस प्रस्ताव गरेको थियो भने बैंकको गत साउन २८ गते सम्पन्न विशेष साधारण सभाले ५० प्रतिशत हकप्रद पारित गरेको थियो । बैंकले यहि पुष २९ गते साधारणसभा गर्देछ ।

गत आर्थिक वर्षमा बैंकले १३ करोड ६५ लाख रुपैंया खुद नाफा कमाएको थियो । अहिले बैंकको चुक्ता पूँजी ८८ करोड १० लाख रुपैंया रहेको छ । बोनश शेयर बितरण पश्चात बैंकको चुक्ता पूँजी एक अर्ब रुपैयाँ नाघ्नेछ ।

साथै बैंकले राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउनका लागि ५० प्रतिशत हकप्रद निष्काशन गर्नका लागि धितोपत्र बोर्डबाट स्वीकृति समेत पाईसकेको छ । हकप्रदपछि बैंकको चुक्ता पूँजी एक अबए ४४ करोड रुपैयाँ पुग्नेछ ।

देव बिकास बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्ममा पाँच करोड ६ लाख रुपैयाँ नाफा कमाएको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।