बैंकले एक करोड ३८ लाख ४३ हजार ३ सय ८० कित्ता हकप्रद सेयर जारी गर्न पुष १४ गते बोर्डमा आवेदन गरेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत एंवम् प्रवक्ता गणेश राज पोखरेलले जानकारी दिए ।
चालु आर्थिक वर्षको तेस्रो त्रयमाससम्ममा हकप्रद निष्काशन गरिसक्ने बैंकको योजना छ ।
हाल बैंकको चुक्ता पूंजी ५ अर्व ५३ करोड ७३ लाख ५१ हजार रुपैयाँ रहेकोमा २५ प्रतिशत हकप्रद शेयरको वांडफांड पश्चात बैंकको चुक्ता पूंजी ६ अर्व ९२ करोड १६ लाख ९० हजार पुग्ने बैंकले जनाएको छ ।
चालु आर्थिक बर्षको मुनाफाबाट एक अर्ब बढीको बोनश वितरण गरेर बैंकले ८ अर्ब पूँजी पुर्याउने देखिएको छ ।
बैंकले गतबर्ष ५५ प्रतिशत हकप्रद बिक्री र ७५ करोड बराबरको बोनस सेयर वितरण गरेको थियो ।
बैंकले आफना ५८ वटा शाखाहरुवाट डिम्याट खाता खोल्ने सुविधा प्रदान गरिदै आएकोमा आगामी माघ १ गते देखि सार्वजनिक निष्काशन भएका धितोपत्रहरु खरिद गर्न सक्ने व्यवस्थाको लागि आश्बा प्रणालीको सेवा समेत प्रदान गर्ने भएको छ ।
बैंकले हकप्रद बिक्रीका लागि सानिमा क्यापिटल लिमिटेडलाई विक्री प्रवन्धक नियुक्त गरिसकेको छ ।