सेयर बजारमा एकैदिन थपियो तीन करोड भन्दा बढी कित्ता सेयर

Jan 02, 2017 Merolagani

सेयर बजारमा सोमबार एकैदिन तीन करोड भन्दा बढी कित्ता सेयर थपिएको छ । निजी क्षेत्रको सबैभन्दा धेरै चुक्ता पूँजी भएको नेपाल ईन्भेष्टमेन्ट बैंक(NIB) र नबिल बैंक(NABIL)सहित पाँच कम्पनीको  सेयर सुचिकृत भएपछि सेयर संख्या थपिएको हो ।

नेप्सेले जनाए अनुसार नेपाल ईन्भेष्टमेन्ट बैंकले गत बर्षको खुद नाफाबाट एक करोड ४९ लाख १४ हजार २७ कित्ता बोनस सेयर सुचिकृत भएको हो । बैंकले गत बर्षको कमाईबाट लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर र २१ प्रतिशत नगद लाभांश दिएको थियो ।

त्यस्तै नबिल बैंकले जारी गरेको एक करोड ४२ लाख ८९ हजार ३७४ कित्ता बोनस सेयर पनि नेप्सेमा सुचिकृत भएको छ । उसले लगानीकर्तालाई गत बर्षको नाफाबाट ३० प्रतिशत बोनस सेयर बाँडेको थियो ।

त्यसैगरी अपी पावरले जारी गरेको पाँच प्रतिशत बोनस सेयर अर्थात पाँच लाख कित्ता पनि नेप्सेमा सुचिकृत भएको छ ।

 कन्ट्री डेभ्लपमेन्ट बैंकको दुई लाख ४१ हजार २८० कित्ता बोनस सेयर पनि सुचिकृत भएको छ ।

मिथिला लघुवित्तको एक लाख ७९ हजार ७४० कित्ता हकप्रद सेयर पनि नेप्सेमा सुचिकृत भएर बजारमा थपिएको छ ।

नेप्सेमा यसरी सुचिकृत भएका सेयरहरु सम्बन्धित लगानीकर्ताले आफ्नो हितग्राही खातामा प्राप्त गरेपछि बेचबिखन गर्न योग्य हुनेछ । बजारमा सेयर थपिएपछि माग र आपुर्तिमा सन्तुलन नमिल्दा मूल्यमा असर पर्ने गर्दछ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।