गत असोज २८ गते सम्पन्न साधारणसभाबाट मर्जरमा जाने प्रस्ताव पारित गरेका सानिमा र बाग्मतिलाई राष्ट्र बैंकबाट पुस १ गते र कम्पनी रजिष्टार कार्यलयले पुस १४ गते एक्विशिजन पुरा भएको स्विकृति प्रदान गरेपछि संयुक्त बित्तीय कारोबार थाल्ने मिति तय भएको हो ।
पाँच अर्ब २७ करोड ८९ लाख रुपैंयाँ चुक्ता पूजीँ रहेको सानिमा बैंकले ६ करोड ५५ लाख चुक्ता पूँजी रहेको बाग्मतीलाई एक्वाएर गरेको हो । सानिमाले बाग्मतीका लगानीकर्तालाई सय कित्ता सेयर बराबर सानिमाको ४१ कित्ता सेयर दिने भएको छ ।
सानिमा बैंकले गत असारमा बाग्मतीलाई एक्वायएर गर्ने सम्झौता गरेको थियो । एक्वायएर पश्चात बैंकको चुक्ता पूँजी ५ अर्ब ३४ करोड ४५ लाख रुपैंयाँ पुग्नेछ ।
उता लक्ष्मी बैंकले काभ्रेको बनेपा केन्द्रीय कार्यालय रहेको प्रोफेशनल दियालो विकास बैंकलाई किन्ने प्रक्रिया पुरा भएपछि माघ २ गतेदेखि एकीकृत बित्तीय कारोबार हुने भएको छ ।
तीन अर्ब तीन करोड रुपैंयाँ चुक्ता पूँजी रहेको लक्ष्मी बैंकले प्राफेसन दियालोलाई गत असार १७ गते एक्वाएर गर्ने सम्झौता गरेको थियो । लक्ष्मीले प्रोफेशनलका लगानीकर्तालाई एक सय कित्ता बराबर आफ्नो ५० कित्ता सेयर दिएको छ । २४ करोड चुक्ता पूँजी रहेको प्रोफेसनललाई एक्वायर पश्चात बैंकको चुक्ता पूँजी ३ अर्ब २७ करोड रुपैंयाँ पुग्नेछ । बैंकले एक्वायर पश्चात कायम पूँजीबाट शतप्रतिशत हकप्रद जारी गर्ने छ ।
संस्थाहरु मर्ज तथा खरिद गर्दा सरकारले घोषणा गरेको कर छुट र अन्य सुबिधाहरु पनि पाउने हुँदा ठूला कम्पनीले साना कम्पनी किनेर फाईदा लिने क्रम चलिरहेको छ ।