नेपाल लाईफले पुस २७ गतेदेखि ३१ लाख कित्ता थप नयाँ साधारण सेयर निश्काशन गर्ने

Jan 02, 2017 merolagani

नेपाल लाईफ ईन्स्योरेन्स (NLIC) ले यही पुस २७ गतेबाट ३० लाख ९६ हजार ४ सय २९ कित्ता थप नयाँ साधारण सेयर अर्थात एफपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्ध सिद्धार्थ क्यापिटलले मंगलबार आइपिओ बिक्रीका लागि आह्वानपत्र निष्कासन गरिने जानकारी दिएको छ ।

नेपाल लाईफले प्रति कित्ता १४२५ रुपैयाँमा एफपीओ निश्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले एक सय फेस भ्यालुमा १३२५ रुपैयाँ प्रिमियम थपेर एफपीओ निश्काशन गर्न लागेको हो ।

कम्पनीको १६ औं बार्षिक साधारण सभाबाट पारित भए बमोजिम संस्थापक र सर्वसाधारण समुहको शेयर स्वामित्व ७०ः३० प्रतिशत कायम गर्न आवश्यक हुने ३० लाख ९६ हजार ४ सय २९ कित्ता थप साधारण शेयर निष्कासन गर्न लागेको हो ।

नेपाल लाईफको चुक्ता पूँजी हाल दुई अर्ब १६ करोड रहेकोमा एफपीओ जारीपछि दुई अर्ब ४७ करोड नाघ्ने छ । उसले एफपीओ वापत संकलन गर्ने प्रिमियम जगेडा कोषमा जाने छ ।

नेपाल लाइफको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
नेपाल लाइफ इन्स्योरेन्सले यसअघि आफुखुशी एफपिओको मूल्य निर्धारण गरेर नेप्से मार्फत मूल्य सार्वजनिक गरेपछि धितोपत्र बोर्डले नेपाल लाइफको एफपिओ निष्कासन प्रक्रिया रोकेर मापदण्ड बनाएको थियो । त्यतिबेला नेपाल लाइफले एक सय रुपैयाँ अंकित शेयरमा २८ सय ५१ रुपैयाँ प्रिमियम थपेर २९ सय ५१ रुपैयाँमा एफपिओ जारी गर्न प्रस्ताव गरेको थियो ।

त्यसलाई अस्वीकार गरी बोर्डले नयाँ मापदण्ड बनाएपछि नेपाल लाईफले नयाँ मूल्य प्रस्ताव गरेको थियो ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।