वृद्धाश्रम तथा अस्पताललाई हिमालयन बैंकको सहयोग

Jan 03, 2017 Merolagani

हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एउटा अस्पताललाई सहयोग प्रदान गरेको छ । बैंकले भक्तपुर उपमहानगर पालिका, भिमसेनस्थान–७ मा रहेको “सिद्धि स्मृति प्रतिष्ठान — सिद्धि स्मृति महिला तथा बाल अस्पताल एवं बृद्धाश्रम” लाई स्वास्थ्य उपचार तथा टेलिभिजन र कम्युटर सहयोग प्रदान गरेको हो ।

बैंकले सहयोग स्वरुप उक्त अस्पताल तथा बृद्धाश्रमलाई दश हजार थान ओ. पि. डि. टिकट बुक, दुई थान ३२ इन्चको टेलिभिजन र दुइ थान कम्प्युटर सेट प्रदान गरेको बैंकद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । वि.सं. २०५९ मा स्थापित उक्त अस्पताल भक्तपुर क्षेत्रकै प्रतिष्ठित अस्पताल हो । अस्पतालले विशेष गरी बाल स्वास्थ्य, प्रसूति तथा स्त्रीरोग सम्बन्धि सेवा प्रदान गर्दै आएको छ । विभिन्न स्वदेशी तथा विदेशी दाताहरुको सहयोगमा संचालित यस प्रतिष्ठानले अस्पालका साथै बृद्धाश्रम समेत संचालन गरिरहेको छ । बैंकका तर्फवाट बैंकका महाप्रबन्धक सुशील जोशीले उक्त सहयोग सामग्रीहरु प्रतिष्ठानका संस्थापक अध्यक्ष श्याम सुन्दर धौभडेललाई एक समारोहका बीच हस्तान्तरण गरेका हुन् । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।