एनसीसी बैंकको व्यवस्थापनबाट राष्ट्र बैंक बाहिरियो

Jan 03, 2017 merolagani

३५ महिनादेखि नेपाल क्रेडिट एण्ड कमर्स बैंकको व्यवस्थापन सम्माल्दै आएकोे राष्ट्र बैंकले व्यवस्थापनको जिम्मा बैंकलाई नै दिएको छ । सोमबार केन्द्रीय बैंकले बैंकको तदर्थ सञ्चालक समितिलाई व्यवस्थापन हस्तान्तरण गरेको हो ।



इन्फ्राष्ट्रक्चर डेभलपमेण्ट, एपेक्स डेभलपमेण्ट, सुप्रिम डेभलपमेण्ट र इन्टरनेसनल डेभलपमेण्ट गरी चारवटा विकास बैंकसँग मर्जर र सोमबारबाट एकिकृत कारोबार गराएर राष्ट्र बैंक बाहिरिएको हो ।

गाभ्ने/गाभिने प्रक्रियाका लागि गरिएकोे अन्तिम सम्झौतामा उल्लेखित व्यवस्था बमोजिम नेपाल राष्ट्र बैंकले एनसीसी बैंकको व्यवस्थापन बैंकको तदर्थ सञ्चालक समितिलाई जिम्मा लगाएको हो ।

राष्ट्र बैंकले ०७० माघ २१ गते देखि एनसीसी बैंकको व्यवस्थापन समाल्दै आएको थियो । राष्ट्र बैंकका तर्फबाट एनसीसीमा लक्ष्मीप्रपन्न निरौलाको समूह गएको थियो। 

एनसीसी बैंकले चार बिकास बैंकलाई गाभेर थाल्यो एकीकृत कारोबार,यस्तो छ आठ अर्बको योजना

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।