एन.आई.सी एशिया बैंकको बोनस पाउनुभयो ? नपाए यसो गर्नुस्

Jan 03, 2017 merolagani

एन.आई.सी एशिया बैंक (NICA) ले बोनस वितरणका लागी सेयरधनीलाई हितग्राही (डिम्याट) खाता उपलब्ध गराउन आग्रह गरेको छ । बैंकको गत असोज १८ मा सम्पन्न १९ औं साधारणसभाले सेयरधनीलाई २६ प्रतिशत बोनस सेयर प्रदान गर्ने प्रस्ताब पारित गरेको थियो ।

साथै बैंकले असोज १८ सम्म सेयर अभौतिकिकरण गरेका सेयरधनीलाई डिम्याट खातामा सेयर उपलब्ध गराईसकेको जनाएको छ ।

दोस्रो बजारमा अभौतिक सेयरमात्र कारोबार हुने भएकाले सेयर अभौतिकिकरण नगरेका सेयरधनीहरुलाई बैंकले सेयर अभौतिकगरी डिम्याट खाता उपलब्ध गराउन भनेको छ ।

बैंकका जुनसुकै शाखा कार्यालय वा निक्षेप सदस्यकोमा डिम्याट खाता खोलि यसको जानकारी बैंकको सेयर रजिष्ट्रार सिभिल क्यापिटललाई गराउन आग्रह गरेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।