नागबेली लघुवित्त र लुम्बिनी फाईनाईन्सको कतिमा भयो सेयरमुल्य समायोजन ?

Jan 03, 2017 Merolagani

नेपाल स्टक एक्सचेञ्जमा मंगलबार नागबेली लघुवित्त र लुम्बिनी फाईनाईन्सको सेयरमूल्य समायोजन भएको छ । नागबेली लघुवित्तको ४० प्रतिशत बोनस तथा लुम्बिनी फाईनाईन्सको ३५ प्रतिशत बोनसप छिको मुल्य समायोजन गरिएको नेप्सेले जनाएको छ ।

नेप्सेले ४० प्रतिशत बोनस समायोजनपछि नागबेली लघुवित्त कम्पनीको सेयरमुल्य २ हजार २ सय २९ रुपैंयाँ कायम गरेको छ । लघुवित्तको आधारमुल्य दुई हजार दूई सय ७३ रुपैंयाँ रहेको छ । लघुवित्तले मंसिर २० गतेदेसि निष्काशन गरेको पचास प्रतिशत बराबरको १ लाख २५ हजार कित्ता हकप्रद यहि पुस २४ गते आईतबार निष्काशन बन्द हुँदैछ । यता लुम्बिनी फाईनाइन्सको पनी मंगलबार नै ३५ प्रतिशत बोनस सेयरको समायोजन पश्चात नेप्सेमा सेयरमुल्य दुई सय ८१ रुपैंयाँ कायम भएको छ । कम्पनीको आधारमुल्य दुई सय ४० रुपैयाँ रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।