५० प्रतिशत हकप्रद बिक्रीको अनुमति माग्दै कुमारी बैंक पनि पुग्यो धितोपत्रबोर्ड

Jan 03, 2017 merolagani

कुमारी बैंक (KBL) ले पचास प्रतिशत हकप्रद बिक्रीको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । एनसीसी बैंकसँगको मर्जर प्रक्रिया टुटेपछि कुमारीले अन्य कम्पनीहरुलाई किन्नुका साथै हकप्रद जारी गरेर आफै आठ अर्ब पूँजी पुर्याउने योजना अघि सारेको थियो ।

हाल बैंकको २ अर्ब ६९ करोड ९१ लाख रुपैयाँ चुक्तापूँजी रहेको छ । पचास प्रतिशत हकप्रद वितरण गरेपछि बैंकको पूँजी चार अर्ब चार करोड रुपैयाँ पुग्नेछ । कुमारीले एक्वायर अगाडि कायम चुक्तापुँजीको ५० प्रतिशत हकप्रद जारी गर्न लागेको हो ।

गत आर्थिक बषर्मा ७४ करोड खुद नाफा कमाएको बैंकले लाभांस घोषणा गर्न बाँकी नै छ । गतबर्षको बोनसबाट पनि बैंकको पूँजी केही थपिनेछ ।

साथै एनसीसी बैंकसँग मर्ज भाँडेर आफै आठ अर्ब चुक्ता पूँजी पुर्याउन कस्सिएको कुमारीले काष्ठमण्डप, महाकाली, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई एक्वायर गर्ने सम्झौता गरिसकेको छ । यी ४ वटा संस्थालाई एक्वायर गरेपछि कुमारी बैंकको चुक्ता पुँजी ६ अर्ब रुपैयाँ पुग्नेछ ।

एक्वायरपछि बन्ने संस्थाको निक्षेप ५० अर्ब र कर्जा ४० अर्ब रुपैयाँ पुग्ने छ । यसैगरी, देशभर ७४ वटा शाखा पुग्नेछन् ।

बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्मा १३ करोड ७४ लाख रुपैंयाँ नाफा कमाएको छ । खराब कर्जा समेत एक प्रतिशतमा झारेको छ । बैंकको प्रति सेयर आम्दानी ३१ रुपैंयाँ ४९ पैसा छ भने प्रति सेयर नेटवर्थ १५५ रुपैंयाँ ६४ पैसा रहेको छ ।

बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।