गरिमा विकास बैंकले पनि प्रस्ताव गर्यो २० प्रतिशत बोनस

Jan 04, 2017 merolagani

गरिमा विकास बैंक (GBBL) ले गत आर्थिक बर्षको कमाईबाट आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले सो निर्णय गरेको हो । बोनसपछि बैंकको चुक्ता पुँजी करिब एक अर्ब ३० करोड रुपैयाँ पुग्नेछ ।

प्रस्तावीत लाभांस नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी साधारण सभाले अनुमोदन गरेपश्चात लगानीकर्तालाई वितरण हुनेछ ।

गरिमाको हाल चुक्ता पुँजी एक अर्ब आठ करोड रूपैयाँ छ । २० प्रतिशत बोनसपछि बैंकको एक अर्ब २९ करोड रुपैयाँ नाघ्नेछ ।

भरतपुरको चितवनमा केन्द्रीय कार्यालय रहेको शुभेच्छा विकास बैंक र पोखरामा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक एकआपसमा गाभिएर गरिमा विकास बैंक बनेको हो । बैंकले गत असोज ४ गतेदेखि एकिकृत कारोबार थालेको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गरिमाले चार करोड ६८ लाख दुई हजार रूपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी १७ रूपैयाँ ३३ पैसा छ भने प्रतिसेयर नेटवर्थ १४६ रूपैयाँ ८९ पैसा छ । बैंकको जगेडा कोषमा ५० करोड रुपैयाँ रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।