कहिलेदेखि खुल्दैछ देव बिकास बैंक र मन्जुश्री फाइनान्सको हकप्रद ?

Jan 06, 2017 merolagani

 देव विकास बैंकले पचास प्रतिशत हकप्रद माघ ९ गतेदेखि निष्काशन शुरु गर्दैछ भने मन्जुश्री फाइनान्सले माघ ६ गतेदेखि नै सेयरधनीलाई एक सय ७५ प्रतिशत हकप्रद निष्काशन शुरु गर्ने भएको छ । राष्ट्र बैंकले ताकेको पूँजी पुर्याउने चटारोमा बैंक तथा फाइनान्सले निष्काशन गर्न लागेको हकप्रद क्रमशः फागुन १५ र फागुन ११ गते निष्काशन बन्द हुनेछ ।

देव विकास बैंकले सेयरधनीहरुलाई माघ ९ गतेदेखि ४४ लाख पाँच हजार चार सय ४० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । बैंकको दश कित्ता सेयर हुनेले पाँच कित्ताको लागि आवेदन गर्न सक्नेछन् । हकप्रद निष्काशन पश्चात देवको चुक्ता पुँजी एक अर्ब ३२ करोड रुपैयाँ पुग्नेछ । हकप्रदमा यहि पुस १८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । हकप्रद भर्ने अन्तिम म्याद फागुन १५ गतेसम्म रहेको छ ।

बैंकको सेयर निष्काशन तथा विक्रि प्रवन्धक एनआइबीएल क्यापिटल रहेको छ । सेयरधनीले क्यापिटलको कार्यालयका साथै देव विकास बैंकको सम्पुर्ण शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको पोखरा, विराटनगर र वीरगन्ज शाखा र गुडविल फाइनान्सको नेपालगन्ज र इटहरी शाखाबाट समेत आवेदन दिन सक्ने छन् ।

हाल बैंकको चुक्ता पुँजी ८८ करोड १० लाख रुपैयाँ रहेको छ । बैंकले चालु आर्थिक वर्षको असोज मसान्तसम्म पाँच करोड ६ लाख ९५ हजार खुद नाफा कमाएर प्रतिसेयर आम्दानी बार्षिक २३ रुपैयाँ ०१ पैसा कायम गरेको छ ।

उता मन्जुश्री फाइनान्सले माघ ६ गतेदेखि एक सय ७५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । फाईनाइन्सले १ कित्ता बराबर १.७५ कित्ताको अनुपातमा ४३ लाख ८६ हजार तीन सय ७५ कित्ता हकप्रद बिक्री गर्न लागेको हो । हकप्रदमा पुस ८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । हकप्रद निष्काशन फागुन ११ गते बन्द हुनेछ ।

फाईनाइन्सको सेयर निष्काशन तथा विक्रि प्रबन्धक एस क्यापिटल रहेको छ । लगानीकर्ताले क्यापिटलको कार्यालयका साथै एस डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखाहरू, मन्जुश्री फाइनान्सको सबै शाखा कार्यालय, त्रिवेणी विकास बैंकको पाल्पा, बेशीसहर, पनौती, इटहरी र भकुण्डेबेसी शाखाबाट आवेदन गर्न सक्ने छन् । त्यस्तै गरिमा विकास बैंकको पोखरा, बाग्लुङ, बेनी र मुग्लिङ शाखा तथा महाकाली विकास बैंकको महेन्द्रनगर शाखा मार्फत समेत हकप्रदमा आवेदन गर्न सकिने एस क्यापिटलले जनाएको छ ।

हाल २५ करोड छ लाख ५० हजार रुपैयाँ चुक्ता पूँजी रहेको मन्जुश्रीको हकप्रद निष्कासनपश्चात चुक्ता पूँजी ६८ करोड ९२ लाख ८७ हजार पुग्नेछ । फाईनाइन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९० लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४८ पैसा कायम गरेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।