माछापुछ्रे बैंकले माघ २ सम्मलाई थप्यो हकप्रद भर्ने म्याद

Jan 08, 2017 merolagani


माछापुछ्रे बैंक(MBL)को बैंक संचालक समितिले गत मंसिर १९ गतेदेखि खुला गरेको हकप्रद भर्ने समयसिमा एक साता थप गरेको छ । यसअघि बैंकले पुस २४ गते आईतबार सम्मका लागि हकप्रद भर्ने अन्तिम मिति तोकेको थियो । म्याद थपपछि माघ २ गतेसम्म आवेदन बुझाउन सकिनेछ ।

 

बैंकले कात्तिक ११ गतेसम्म सेयर किन्ने सेयरधनीलाई ५० प्रतिशत अर्थात दुई बराबर एक कित्ता हकप्रद सेयर जारी गरेको हो । बैंकले एक सय रुपैयाँ दरको १ करोड ९३ लाख २२ हजार ७ सय कित्ता हकप्रदको विक्री खुला गरेको हो ।

 

बैंकको सेयर बिक्रि प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । बैंकको हकप्रद सेयर खरिदका लागि विक्रि प्रवन्धकको कार्यालय कमलादी तथा माछापुछ्रे बैंकको सबै शाखाहरुबाट भर्न सकिन्छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।