एभरेष्ट बैंकको मर्ज र एक्विजिशन प्रस्ताब साधारणसभामा किन भयो असफल ?

Jan 08, 2017 Merolagani

एभरेष्ट बैंक(EBL)ले साधारणसभामा लगेको मर्ज र एक्विजिशनमा जाने विकल्पसम्बन्धी प्रस्ताब असफल भएको छ । बैंकले शनिबार राजधानीमा गरेको २२ औं साधारणसभामा बहुमत सेयर सदस्यले मर्ज र एक्विजिशनमा जानु आबश्यक नरहेको अडान ब्यक्त गरेपछि संचालक समितिले राखेको प्रस्ताव असफल भएको हो ।

साधारणसभामा अधिकांश साधारण सेयरधनीहरुले मर्ज र एक्विजिशनको प्रस्ताव षडयन्त्रपूर्वक आएको भन्दै त्यस बिरुद्ध हंगामा गरेपछि संचालक समितिकै सदस्य बालगोपाल बैद्य, सुनिलभक्त श्रेष्ठ, नबिनगोपाल श्रेष्ठ लगायतको समेत समर्थनमा प्रस्ताव असफल भएको बताईएको छ ।

अधिकांश साधारण सेयरधनीले बैंक ब्यवस्थापनले जगेडा कोषमा पर्याप्त रकम हुँदाहुँदै पनि बोनस सेयर दिन कन्जुस्याई गरी मर्ज र एक्विजिशनको प्रस्ताव ल्याउनु षडयन्त्रपूर्ण कदम भएको आक्षेप लगाएका थिए । एभरेष्ट बैंकले यसैपटक शतप्रति बोनस दिनसक्ने अबस्था भए पनि ७० प्रतिशतमा मात्र सिमित गरिएकोमा ब्यवस्थापनले साधारण सेयरधनीको चर्को आक्रोशको सामना गर्नु परेको थियो ।

उनीहरुले यस बर्ष प्रस्तावित बोनस, हकप्रद र चालु आर्थिक बर्षको खुद नाफा कमाईबाट आठ अर्ब चुक्ता पूँजी पुग्ने भन्दै मर्ज र एक्विजिशन अस्विकार्य रहेको बताए ।

उनीहरुले अध्यक्ष बीके श्रेष्ठ लगायतका प्रबद्र्धकहरुले संस्था किनेर पूँजी बढाई आगामी बर्षको साधारणसभामा नगद लाभांश बढी खाने योजना बनाएको भन्दै बिरोध गरेका थिए । एभरेष्टले बिगतमा पनि बोनस भन्दा नगद लाभांश नै बढी बाँडेकाले अहिले पूँजी बृद्धिमा समस्या आएको उनीहरुले बताए । 

साधारणसभाले सुनिल गोल श्रेष्ठ र नबिनभक्त श्रेष्ठलाई सर्बसाधारण सेयरधनीको तर्फबाट फेरि संचालक चुनेको छ ।

संचालक सदस्य सुनिल गोपाल श्रेष्ठले बहुमत सेयरधनीले मर्ज र एक्विजिशन प्रस्ताव अस्वीकार गरेको पुष्टि गर्दै सबै साधारण सेयरधनीको हितमा कम्पनीले आगामी दिनमा काम गर्ने प्रतिबद्धता मेरोलगानी डटकमसँग ब्यक्त गर्नुभयो ।

साधारणसभाले ७० प्रतिशत बोनस बितरणको प्रस्ताव भने स्वीकृत गरेको छ । साधारण सभामा ७० प्रतिशत बोनस पछि तीन बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रक्रिया अघि बढाउन अनुमति माग्ने प्रस्तावलाई पनि स्वीकार गरेको छ ।

बैंकले साधारण सभा र बोनस बितरण प्रयोजनका लागि पुस छ गतेदेखि सेयरधनी पुस्तिका बन्द गरेको थियो । बैंकले प्रस्ताव गरेको बोनस सुरक्षित गर्नका लागि लगानीकर्ताले पुस पाँच गते मंगलबारसम्ममा सेयर खरिद गरेको हुनुपर्नेछ। प्रस्तावित तीन बराबर एक कित्ता हकप्रद सेयर जारी गर्न साधारण सभाले अनुमति दिएकाले अब धितोपत्र बोर्डबाट स्वीकृत भए पछि मात्र त्यसका लागि अर्को पटक शेयरधनी दर्ता पुस्तिका बन्द हुनेछ ।

अहिले २ अर्ब ६६ करोड रुपैंया चुक्ता पूँजी रहेको बैंकको बोनस बितरण गरे पश्चात चुक्ता पूँजी ४ अर्ब ५२ करोड रुपैंया नाघ्नेछ । बोनस बितरण पश्चात कायम हुने पूँजीबाट बैंकले १ अर्ब ५६ करोड रुपैंया बराबर अर्थात तीन कित्ता बराबर एक कित्ताको अनुपातमा हकप्रद निष्काशन गर्ने छ । उक्त हकप्रद निष्काशन गरी यसै आर्थिक वर्षको अन्त्यसम्मा चुक्ता पूँजी ६ अर्ब तीन करोड रुपैंयाको हाराहारीमा पुग्नेछ ।

गत आर्थिक वर्षमा १ अर्ब ७३ करोड रुपैंया कमाई गरेको बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नै ५१ करोड रुपैंया खुद नाफा गरी प्रतिशेयर आम्दानी ७७ रुपैंया १३ पैसा कायम गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।