गत असार ३० गतेबाट २५ प्रतिशत हकप्रद बेचेको युनाईटेड फाइनान्सले पुस ११ देखि हकप्रदमा नबिकेको सेयरको बोलकबोल खोलेको हो । लिलाममा राखिएको् फाइनान्सको सेयर बोलकबोलबाट किन्न चाहने लगानीकर्ताले फाइनान्सको प्रधान कार्यालय आइ जे प्लाजा दरबारमार्गबाट आवेदन गर्न सक्नेछन् ।
न्युनतम १ सय कित्ताका लागि कम्तीमा एक सय रुपैंयाका दरले आफुले किन्न चाहेको सेयरको रकम लगानीकर्ताले फाइनान्सले उपलब्ध गराएको खाता मा जम्मा गरी भौचर राखेर आवेदन दिन सक्नेछन् । । फाइनान्सले मंगलबार दिउँसो ३ बजे उक्त बोलकबोल खोल्दैछ ।
चालु आर्थिक बर्षको पहिलो त्रैमासमा एक करोड दुई लाख २० हजार रुपैंया खुद नाफा कमाएको छ । २५ प्रतिशत हकप्रद निष्काशनपछि फाइनान्सको चुक्ता पूँजी ६४ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।
उता गुहेश्वरी मर्चेन्ट एण्ड बैंकिङ लिमिटेडको सेयरमा लिलामी आवेदन पनी सोमबार नै सकिदैछ ।
फाइनाइन्सले असोज २१ गतेदेखि निष्काशन गरेको पचास प्रतिशत हकप्रदमा नबिकेको २८ हजार दुई सय ८९ कित्ता सेयरको लिलामी आवेदन गत बुधबार खुला गरेको थियो ।
सेयर लिलाम गर्न इच्छुक लगानीकर्ताले विक्रि प्रबन्धक एन.आई.बी.एल क्यापिटल लाजिम्पाटबाट आवेदन गर्न सक्नेछन् । बोलकबोल आवेदन गर्दा न्युनतम १०० कित्ता सेयरदेखि दश कित्ताको गुणांकमा आवेदन गर्नु पर्नेछ । एक सय रुपैंयाँभन्दा धेरै मूल्य राखि लगानीकर्ताले आवेदन दिन सक्नेछन् । लिलामबाट सेयर प्राप्त गर्नेले गत बर्षको नाफाबाट प्रदान गरिने १२ प्रतिशत बोनस सेयर समेत प्राप्त गर्नेछन् ।
बोलकबोल मंगलबार ३ बजे लाजिम्पाटमा बिक्रि प्रबन्धकले खोल्दैछ ।
फाईनाइन्स कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्म दुई अर्ब १७ करोड निक्षेप संकलन गरेर एक अर्ब ७९ करोड कर्जा प्रवाह गरी दुई करोड २३ लाख सञ्चालन मुनाफा गरेको थियो । गत बर्षको नाफाबाट १२ प्रतिशत बोनस शेयर जारी पश्चात कम्पनीको चुक्ता पूजीँ ४९ करोड ३९ लाख रुपैंयाँ पुग्नेछ भने जगेडा कोषमा बचत ८ करोड ९० लाख रुपैंयाँ रहेको छ ।