सनराइज बैंकले कतिमा किन्ने भयो एन.आई.डि.सि.क्यापिटल मार्केट्स ?

Jan 09, 2017 merolagani

सनराइज बैंक लिमिटेडले एनआईडीसी क्यापिटल मार्केट्स लिमिटेडलाई किन्ने प्रस्ताव विशेष साधारणसभाबाट पारित गराएको छ । केही महिनाअघि नारायणी नेशनल फाईनान्सलाई आफुमा मिलाएको सनराईजले सामुहिक लगानी कोष र धितोपत्र सम्बन्धी कारोबार गर्न सहज हुने गरी एनआईडीसीलाई किन्ने सम्झौता गरेको थियो ।

 

पौष २५ गते बोलाइएको बैंकको विशेष साधारण सभाबाट एन.आई.डि.सि.क्यापिटल मार्केट्स लिमिटेडलाई प्राप्ती (एक्विजिशन) गर्ने सम्बन्धी संचालक समितिको विशेष प्रस्ताव पारित गराएको हो । सनराईज बैंकले एन.आई.डि.सि.क्यापिटल मार्केटको प्रतिसय कित्ता बराबर सनराइज बैंकको ६५ कित्ता सेयर हुनेगरी खरिद गर्न लागेको हो । 

विशेष साधारण सभाबाट प्राप्ती (एक्विजिशन) प्रस्ताव पारित भईसकेकोले अन्तिम स्वीकृतीको लागि नेपाल राष्ट्र बैंकमा संयुक्त निवेदन पेश गर्ने बैंकले बताएको छ ।

एनआईडीसी क्यापिटल मार्केट्सले प्रारम्भ देखि एनसीएम. मर्चेण्ट बैंकिंग लि. स्थापना गरी सफलतापूर्वक मर्चेण्ट बैंकिंग कारोवार गर्दै आएकोे  छ । एनसीएम मर्चेण्ट बैंकिंग नेपालमा पहिलो पल्ट म्युचुअल फण्ड संचालन गर्ने संस्था हो ।

यस प्राप्ति पश्चात बैंकको पहुच तथा ब्यबसाय क्षमतामा ब्यापक बढोत्तरी हुनुका साथै मेचेण्ट बैंकिंगमा समेत सनराइज बैंकको उपस्थिति हुने आशा गरिएको छ ।

गत आर्थिक बर्षको मुनाफबाट ३३.३३ प्रतिशत वोनस वितरण गरेको बैंकको चुक्ता पुंजी झण्डै ५ अर्व
३० करोड रुपैयाँ पुर्याएको छ । एनआईडीसी. क्यापिटल मार्केट्स प्राप्ति पछि चुक्ता पुंजी  ५ अर्व ४५  करोड नाघ्नेछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।