सिद्धार्थ बैंकले डेढ लाख कित्ता सेयर माघ ११ बाट लिलामी खोल्ने

Jan 09, 2017 merolagani

सिद्धार्थ बैंक लिकिटेडले एक लाख ५८ हजार पाँच सय १७ कित्ता सेयर माघ ११ गतेदेखि लिलामी बिक्री खुला गर्ने भएको छ । बोलकबोल माघ १७ गते कार्यालय समयसम्म गर्न सकिनेछ भने माघ १८ गते दिउँसो ३ बजे सिद्धार्थ क्यापिटलमा बोलकबोल खोलिने बिक्री प्रबन्धकले जनाएको छ ।

बैंकले सर्वसाधारण समूहतर्फको हकप्रद निष्कासन गर्दा पुरै सेयर बिक्री नभएपछि बोलकबोल मार्फत बिक्री गर्न लागेको हो । बैंकले गत कात्तिक ११ गते देखि मंसिर १५ गतेसम्म हकप्रद सेयर बिक्री गरेको थियो ।

बोलकबोल आवेदन फारम बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल अनामनगरका साथै सिद्धार्थ बैंकको केन्द्रीय कार्यालय हात्तिसारबाट समेत प्राप्त गर्न र बुझाउन सक्नेछन् । बोलकबोलबाट सेयर किन्न ईच्छुक लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँ अंकित गरि सोभन्दा धेरै मुल्य तोकेर बोलपत्र फारम बुझाउन सक्नेछन् ।

बैंकले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ३५ करोड ९६ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी बार्षिक ४७ रुपैयाँ ६१ पैसा कायम गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।