फरवार्ड कम्युनिटीको आइपिओ माघ ९ गतेबाट खुल्ने, कहाँ गर्ने आवेदन ?

Jan 10, 2017 merolagani

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (FCMBSL) ले माघ ९ गतेबाट साधारण सेयर निष्कासन गर्ने भएको छ । ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । एक सय रुपैयाँ अंकित मूल्यको यो आइपीओमा न्यूनतम ५० कित्ता र अधिकतम तीन हजार कित्तासम्म भर्न पाइनेछ ।

दुहबी सुनसरीमा केन्द्रीय कार्यालय रहेको संस्थाले एक सय रुपैयाँ अंकित दरका ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो । कुल निष्कासन गरिने सेयरमध्ये ३० हजार कित्ता कर्मचारीलाई छुट्याइएको छ भने ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी पाँच लाख ४० हजार कित्ता सेयर भने सर्वसाधारणले पाउने भएका छन् ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीको आइपिओमा छिटोमा माघ १२ गते र ढिलोमा माघ २३ गतेसम्म आवेदन गर्न सकिने  बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ ।

लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालय नक्साल, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको मुख्य कार्यालय सुनसरी, दुबही तथा फरवार्डको अधिकांश शाखा कार्यालयबाट पनि आवेदन फारम लिन र बुझाउन सकिने व्यबस्था छ ।

यसैगरी, एभरेष्ट बैंक लिमिटेडको उपत्यकाको न्यूरोड, नयाँ बानेश्वर, पुल्चोक ललितपुर, भक्तपुरमा फारम भर्न सकिनेछ । उपत्यका बाहिर पोखरा, वीरगञ्ज, जनकपुर, हेटौडा, नारायणगढ, चितवन, तथा बुटवल शाखा कार्यालयबाट पनि फाराम लिन र बुझाउन सकिनेछ ।

आइपिओ जारी गरेपछि कम्पनीको चुक्तापूँजी २० करोड रुपैयाँ पुग्नेछ । हाल कम्पनीको १४ करोड रुपैंया चुक्ता पूँजी रहेको छ । आइपिओ जारी गरेपछि कम्पनीमा संस्थापकको ७० तथा साधारण सेयरधनीको ३० प्रतिशत सेयर स्वामित्व कायम हुनेछ ।

संस्थाले ३६ जिल्लाका करिब सवा लाख सेवाग्राहीलाई वित्तीय सेवा दिदै आएको छ ।कम्पनीले चालु अर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड १५ लाख २९ हजार रुपैंया खुद नाफा कमाएको छ । माइक्रोफाइनान्सको जगेडा कोषमा ४१ करोड ८८ लाख २२ हजार रुपैंया सञ्चित छ ।

 ईक्रा नेपाल लिमिटेडले फरवार्ड कम्युनिटीलाई आइपिओ ग्रेड ४ प्लशको  प्रमाण पत्र दिइएको छ। 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।