एन बि इन्स्योरेन्सले ८० प्रतिशत हकप्रद प्रदान गर्न माग्यो डिम्याट खाता

Jan 10, 2017 merolagani

एन बि इन्स्योरेन्सले सेयरधनीलाई ८० प्रतिशत हकप्रद सेयर सेयरधनीको डिम्याट खातामा नै प्रदान गर्ने भएको छ । इन्स्योरेन्सले सेयरधनीलाई डिम्याट खाताको विवरण बिक्री प्रवन्धक ग्लोवल आईएमइए क्यापिटल वा ईन्स्योरेन्सको कुनैपनी शाखामा बुझाउन  सुचित गरेको हो ।

यसका लागि इन्स्योरेन्सले सेयरधनीलाई आफुसँग भएको सम्पुर्ण सेयर आफुले खाता खोलेको निक्षेप सदस्य मार्फत डिम्याट (अभौतिकिकरण) गराउन सुचित गरेको छ । 

गत बर्षको माघ एक गतेदेखि धितोपत्रको दोस्रो बजारमा अभौतिक रुपमा मात्र कारोबार हुँदै आएपछि कम्पनीले हकप्रद अभौतिक रुपमा नै सेयरधनीको खातामा प्रदान गर्न लागेको हो ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।