मितेरी डेभलपमेण्ट बैंकको करिब ६० हजार कित्ता सेयरको लिलामी खुल्यो

Jan 10, 2017 merolagani

मितेरी डेभलपमेण्ट बैंक (MDB) ले करिब ६० हजार कित्ता सेयर लिलामीमा राखेको छ । बैंकले हकप्रदमा नबिकेको १७ हजार ४८९ कित्ता संस्थापक तथा ४२ हजार २५९ साधारणगरी ५९ हजार ७३८ कित्ता सेयर लिलामीमा राखेको हो । बैंकको लिलामीको सेयरमा पुष २६ गतेबाट माघ ४ गतेसम्म आवेदन गर्न पाइनेछ ।

बैंकले पूँजी वृद्धिका लागि गत कात्तिक एक गतेदेखि मंसिर ५ गतेसम्म पचास प्रतिशत अर्थात १० लाख ५६ हजार कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । हकप्रदमा नबिकेको सेयर बैंकले लिलामीमा राखेको हो । 

धरानमा मुख्य कार्यालय रहेको बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

इच्छुक लगानीकर्ताले तोकिएको अवधिभित्र प्रभु क्यापिटल कमलादी तथा बैंकको मुख्य कार्यालय धरानमा आइपुग्नेगरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम सय कित्ता वा सो भन्दा बढी १० अंकले भाग जानेगरी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन गर्न सकिने बैंकले जनाएको छ ।

२१ करोड १२ लाख ७४ हजार रुपैंया चुक्ता पूँजी रहेको बैंकको हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी ३१ करोड ६८ लाख रुपैंयाँ पुगेको छ ।

बैंकले गत बर्षको मुनाफाबाट ३० प्रतिशत बोनस बाँडेको थियो । बोनस समेत जोड्दा बैंकको चुक्ता पूँजी ३८ करोड रुपैंया बढी हुनेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।