मुक्तिनाथ बैंकको सेयर कहिलेबाट आउने भयो लिलामीमा ?

Jan 10, 2017 merolagani

मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थापक र सर्बसाधारण गरी एक लाख १३ हजार छ सय ६० कित्ता सेयर लिलामी गर्ने भएको छ । बैंकले सो परिणामको सेयर बोलकबोल मार्फत माघ १२ गतेबाट बिक्री गर्ने भएको हो ।

बैंकले सर्वसाधारण समूहतर्फको एक लाख तीन हजार एक सय ६७ कित्ता र १० हजार चार सय ९३ कित्ता संस्थापक सेयर बोलकबोलमा बेच्न लागेको हो । बैंकले असोज २१ देखि कात्तिक २५ गतेसम्म हकप्रदमा बिक्री नभएको सेयर लिलामीमा बिक्री गर्न लागेको हो ।

ईच्छुक लगानीकर्ताले बोलकबोलमा माघ १९ गते कार्यालय समयभित्र आवेदन गर्न सक्नेछन् । लगानीकर्ताले कम्तिमा एक सय रुपैयाँ अंकित मूल्य तोकी त्यसभन्दा बढी अंकित मूल्य राखेर आवेदन गर्न सक्नेछन् ।

बोलकबोल मार्फत सेयर लिलामी गर्न बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल तथा मुक्तिनाथ विकास बैंक,पृथ्विचोक,पोखराबाट आवेदन फारम लिन र बुझाउन सकिनेछ । विक्री प्रबन्धक एनआइबीएल क्यापिटलले बोलपत्र माघ २१ गते दिउँसो ३ बजे लाजिम्पाटमा खोल्नेछ ।

चालु आर्थिक बर्षको पहिलो त्रैमासिक वित्तिय विवरण अनुसार बैंकको चुक्ता पूजीँ ८३ करोड ८४ लाख ३२ हजार रहेको छ । त्यस्तै बैंकले ९ करोड ९७ लाख ६ हजार रुपैंयाँ खुद नाफा गरी प्रतिसेयर आम्दानी बार्षिक ३२.३३ रुपैयाँ कायम गरेको छ । बैंकको सेयर नेप्सेमा मंगलबार आठ सय रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।