२० औं मर्चेन्ट बैंकरमा थपियो रिलायवल क्यापिटल

Jan 10, 2017 merolagani

रिलायवल क्यापिटलले २० औं मर्चेन्ट बैंकरको रुपमा काम गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको छ । क्यापिटल रिलायवल डेभलपमेन्ट बैंक लिमिटेड(REDBL) को शतप्रतिशत शेयर लगानी भएको सहायक कम्पनीको हो ।

कम्पनीको चुक्तापूँजी १० करोड ५० लाख रुपैयाँ रहेको छ भने अधिकृत पूँजी २० करोड रुपैयाँ रहेको छ । कार्यालय राजधानीको सुन्धारामा रहने जनाईएको छ ।

यो बर्ष मात्रै पोभिडेन्ट मर्चेन्ट बैंकर लिमिटेड, सिबिआईएल क्यापिटल लिमिटेड, र सानीमा क्यापिटल लिमिटेड गरि तीनवटा कम्पनीले संचालन अनुमति प्राप्त गरेका थिए । यी तीनै कम्पनी संचालनमा आइसकेका छन्।

धितोपत्र बोर्डले ०६५ सालदेखि बैंक तथा वित्तय संस्थालाई सहायक कम्पनीको रुप्मा मर्चेन्ट बैंकर संचालनको अनुमति दिदै आएको थियो ।

हाल नागरिक लगानी कोष, एनसिएम मर्चेन्ट एण्ड बैंकिङ लिमिटेड, एन.आई.बि.एल क्यापिटल लिमिटेड, ग्लोबल आईएमई क्यापिटल लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेड, सिभिल क्यापिटल मार्केट्स लिमिटेड, प्रभु क्यापिटल, नबिल ईन्भेष्टमेण्ट बैंकिङ लिमिटेड, बिड ईन्भेष्ट लिमिटेड, भिबोर क्यापिटल लिमिटेड, एस क्यापिटल लिमिटेड, एन.एम.बि क्यापिटल लिमिटेड, सिद्धार्थ क्यापिटल लिमिटेड रहेका छन् ।

त्यस्तै नेशनल मर्चेन्ट बैंकर लिमिटेड, कृति क्यापिटल एण्ड ईन्भेष्टमेन्ट लिमिटेड, इक्वीटी एण्ड एसेस्ट्स लिमिटेड, प्रभिडेन्ट मर्चेन्ट बैंकर लिमिटेड, सिबिआईएल क्यापिटल लिमिटेड, र सानीमा क्यापिटल लिमिटेड गरि १९ वटा सञ्चालनमा रहेका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।