नेप्सेमा लगातार दोहोरो अंकको सुधार,कारोबारमा पनि बढोत्तरी

Jan 10, 2017 merolagani

नेपाल स्टक एक्सचेन्जमा लगातार दोहोरो अंकको सुधार देखिएको छ । सोमबार साढे एघार अंकले बढेको बजार मंगलबार झण्डै अठार अंकले बढेको छ भने कारोबार रकममा समेत बढोत्तरी आएको छ ।

बजार खुलेदेखिनै निरन्तर उकालो लागेको नेप्से १७.९३ अंकले बढेर १४७६.९० अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम समेत एघार करोड बढीले बढेको छ । यसदिन सेयरबजारमा १२६ कम्पनीको ३७ करोड ३२ लाख रुपैयाँ बराबरको सेयरकिनबेच भएको छ ।

मंगलबारको कारोबारमा होटल र अन्य बाहेक सबै समूह उकालो लागेको छन । बीमा समुहको सूचक सबैभन्दा धेरै १६८ अंकले उकालो लागेको छ । वाणिज्य बैंक समूह १८ अंकले बढेको छ भने जलविद्युत पनि २० अकंले उकालो लागेको छ ।

यसदिन पनि महालक्ष्मी विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयरमूल्य सात प्रतिशत बढीले घटेको छ । यस्तै पूर्णिमा विकास,माउण्ट मकालु, मिथिला लघुवित्त तथा राष्ट्रिय विमा कम्पनी लगातका कम्पनी धेरै गुमाउनेमा परे ।

यसदिन पनि एनबी इन्स्योरेन्स र कर्णाली डेभलपमेन्ट बैंकका सेयरधनीले दश प्रतिशतकै हारारीमा कमाएका छन् । अघिल्लो दिन पनि यी दुवै कम्पनीको सेयर मूल्य झण्डै १० प्रतिशतको दरले बढेको छ । पोखरा फाइनान्स, नेपाल ग्रामिण विकास बैंक, नेपाल इन्स्योरेन्स तथा ओमी माइक्रो लगायतका कम्पनी धेरै कमाउनेमा परे ।

यसदिन सबैभन्दा धेरै कारोबार गर्ने एनबि इन्स्योरेन्सको ४ करोड ७३ लाख बराबरको सेयर किनबेच भयो । नेपाल लाइफको पन ३ करोड ४१ लख बराबरको सेयर खरिदबिक्री भएको छ । यसदिन प्राइम बैंकको पनि कारोबार रकम दुई करोड नाघेको छ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।