नेपाल लाईफको एफपीओमा आबेदन खुल्यो, कहाँ - कहाँबाट भर्न सकिन्छ ?

Jan 11, 2017 merolagani

नेपाल लाईफ ईन्स्योरेन्स (NLIC) को थप नयाँ साधारण सेयर अर्थात एफपीओ बिक्री खुला भएको छ । नेपाल लाईफले प्रति कित्ता १४२५ रुपैयाँका दरले ३० लाख ९६ हजार ४ सय २९ कित्ता एफपीओको पुस २७ गतेदेखि  बिक्री खुला गरेको हो । कम्पनीको एफपीओमा छिटोमा माघ २ गतेसम्म आवेदन गर्न सकिनेछ ।

कम्पनीले एक सय फेस भ्यालुमा १३२५ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता १४२५ रुपैयाँमा एफपीओ निश्काशन गरेको हो ।

कम्पनीको १६ औं बार्षिक साधारण सभाबाट पारित भए बमोजिम संस्थापक र सर्वसाधारण समुहको शेयर स्वामित्व ७०ः३० प्रतिशत कायम गर्न आवश्यक हुने ३० लाख ९६ हजार ४ सय २९ कित्ता थप साधारण शेयर निष्कासन गरेको हो ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्युनतम १० कित्ता अर्थात चौध हजार २ सय ५० रुपैयाँ र अधिकतम ३० हजार ९६० कित्ता अर्थात चार करोड ४१ लाख १८ हजार रुपैयाँसम्म आवेदन गर्न पाउनेछन् । लगानीकर्ताले दशको गुणांकमा आवेदन दिनु पर्ने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले स्पष्ट पारेको छ ।

कहाँबाट आबेदन गर्ने ? 

लगानीकर्ताले कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड, नेपाल लाइफको काठमाडौ शाखा हेरिटेज प्लाज तथा सिद्धार्थ बैंकका सबै शाखा कार्यालय मार्फत आवेदन लिन र बुझाउन सक्ने कम्पनीले जनाएको छ ।

त्यस्तै लक्ष्मी क्यापिटल नयाँ वानेश्वर, एनआईबिएल क्यापिटल लाजिम्पाट,कृति क्यापिटल सुन्धारा, काठमाडौ क्यापिटल कमलादी,एस क्यापिटल,सिबिआईएल क्यापिटल तथा ग्लोबल आइएमई क्यापिटल जमलबाट पनि लगानीकर्ताले आवेदन गर्न पाउनेछन् ।

हाल नेपाल लाईफको चुक्ता पूँजी दुई अर्ब १६ करोड रहेकोमा एफपीओ जारीपछि दुई अर्ब ४७ करोड नाघ्ने छ । उसले एफपीओ वापत संकलन गर्ने प्रिमियम जगेडा कोषमा जाने छ ।

कति लगानी गर्ने ?

साना लगानीकर्ताले ३० कित्तासम्म लगानी गर्दा फाईदाजनक हुनसक्ने आँकलन गरिएको छ भने ठूला लगानीकर्ताको हकमा कति परिमाणमा आबेदन पर्ला भन्ने कुराले सेयर कति पलाई भन्न्े कुरा निर्धारण गर्ने देखिन्छ ।

यसमा १० गुणा आबेदन परेमा ४० अर्ब भन्दा बढी र १५ गुणा आबेदन परेमा ६० अर्ब भन्दा बढी रकम दुई महिनासम्म बन्धक बन्ने भएकाले हाल बजारमा देखिएको तरलता अभावलाई अरु खुम्च्याउने छ ।

यस एफपीओमा आबेदन गर्न राजधानीबासीले अनिबार्य रुपमाा हितग्राही खाता खोलेको हुनुपर्नेछ । माघ १ गतेपछि भने राजधानी बाहिरका लगानीकर्तालाई पनि अनिबार्य रुपमा हितग्राही खाता आबश्यक पर्नेछ । 

 

जीवन बिमा क्षेत्रको सर्वाधिक ठूलो कम्पनी नेपाल लाईफको प्रगतिलाई कसरी विश्लेषण गर्ने ?

comments powered by Disqus

दोस्रो त्रैमासको वित्तिय विवरण निकाल्नेमा पनि फर्स्ट माईक्रो बन्यो फर्स्ट

Jan 16, 2018

४१.५३ प्रतिशतले नाफा बढ्यो, ५० प्रतिशत हकप्रद आँउदै
थोक लघुवित्त कर्जा प्रबाह गर्ने फर्स्ट माईक्रोफाईनान्स (FMDBL)  चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक वित्तिय विवरण प्रकाशित गर्ने कम्पनीहरुमध्ये यस बर्ष पहिलो कम्पनी पनि बनेको छ । लघुवित्तले मंगलबार सार्वजनिक गरेको वित्तिय विवरणमा ४ करोड ७६ लाख ९७ हजार रुपैयाँ खुद नाफा गरेको उल्लेख छ ।