बैकले १०० रुपैयाँ दरको ५१ लाख ६ हजार ६ सय ६२ कित्ता हकप्रद जारी गरेकोे हो ।
बैंकको हकप्रद भर्नको लागि सेयर रजिष्टार एनएमबि क्यापिटल नक्साल, एनएमबी बैंक तथा सेवा विकास बैंकको सबै शाखाहरुमा सम्पर्क राख्नु पर्ने हुन्छ ।
हाल ४२ करोड ५५ लाख रुपैंया चुक्ता पूँजी रहेको बैंकको हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी ९३ करोड ६२ लाख रुपैंया पुग्नेछ । सेवा र पोखराको कामना बिकास बैंक आपसमा मर्जमा जाने सम्झौता गरी हाल सेयर कारोबार बन्द रहेको छ ।